Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal४ लाख भारतीय रुपैयाँसहित विमानस्थलबाट एक नेपाली पक्राउ !

४ लाख भारतीय रुपैयाँसहित विमानस्थलबाट एक नेपाली पक्राउ !


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका एक नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । करिब ४ लाख भारतीय रुपैयाँसहित भारत जान लागेको अवस्थामा तनहुँको ब्यास नगरपालिका—१२ का रन्जन पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।

नेपालमा ५ सयभन्दा बढीका भारतीय नोट प्रतिबन्ध भएको अवस्थामा ३ लाख ९३ हजार ६ सय ५० भारतीय रुपैयाँ बरामद भएपछि पाण्डेलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता हिमालय श्रेष्ठले नेपाल ट्युबलाई जानकारि दिनुभयो । पाण्डे नेपाल एयरलाइन्सको विमानमार्फत बिहीबार नयाँ दिल्ली जान लागेका थिए। उनलाई आवश्यक अनुसन्धानका लागि आज राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जानकारि दिएको छ । थप अनुसन्धानसँगै कारबाहीको प्रक्रिया अब विभागमार्फत अघि बढ्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ