Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकुमारी आमा नेहारिकाले तोडिन अनसन, सरकारसँग ५ बुँदे सहमति !

कुमारी आमा नेहारिकाले तोडिन अनसन, सरकारसँग ५ बुँदे सहमति !


काठमाडौं । न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बस्नुभएकी कुमारी आमा नेहारिकाले अनसन तोड्नुभएको छ । राष्ट्रिय महिला आयोगकि सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसंग ५ बुँदे सहमति भएसँगै अनसन तोडिएको हो ।

सहमतिसँगै नेहारिकाले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोड्नुभएको छ । प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र निजको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ ।

५ बुँदे सहमतिले नेहारिकाको अनसन तोडाएपनि कार्यान्वयन पक्षमा भने विश्वस्त भैहाल्ने अवस्था देखिएको छैन । सहमति गर्ने अनि पालना गर्ने पाटोमा कत्तिपनि चासो नदिने सरकारी प्रबृत्तिका कारण सरकारी प्रतिनिधि प्रतिको विश्वास नागरिक स्तरमा गुम्दैगएको छ । यो घटनाबाट सरकारले गुमेको विश्वास आर्जन गर्नेगरि काम गर्नेमा पीडित परिवार आशावादी देखिएका छन् ।

यसअघि नै उच्च अदालत जनकपुरले निहारिका राजपूतले दायर गरेको जबर्जस्ती करणी मुद्दामा आरोपितलाई झिकाउने आदेश दिएको थियो । न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले जबर्जस्ती करणीका आरोपित धनुषाको क्षिरेश्वरनाथ नगपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउन आदेश दिएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ