Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा एक नेपाली विद्यार्थीको निधन, परिवारको रुवाबासी

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको निधन, परिवारको रुवाबासी


मेलवर्न/अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पर्ने मेलवर्नमा एक २१ वर्षिय नेपाली विद्यार्थी को निधन भएको छ । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका युवा संयोजक बबिन मिश्रका अनुसार चितवन स्थाई घर भएका समिर कोइराला बुधबार दिउसो आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् । समिर ६ महिना अघि मात्रै अध्ययनका लागि अष्ट्रेलिया आएका थिए । उनीसंगै बस्दै आएका तथा नाताले दाई पर्ने मनिष ढकालले नेपालट्युबलाई दिएको जानकारी अनुसार समिर केही समयदेखि मानसिक तनावमा थिए । समिर कुकरी पढिरहेका थिए ।

घरबाट टाढा, काम र पढाईको चापले समिर केही समयदेखि तनावमा देखिएको ढकालले बताउनुभयो । पछिल्लो समय आमाले समिरलाई धेरै काम नगर, आफ्नो स्वास्थ्यको ख्याल राख्नु तथा खुसी हुन भनेर सम्झाएको मनिषले बताउनुभयो । उनको अवस्थाका बारेमा मनिषले केही दिन अघि मात्रै अमेरिकामा बस्दै आउनु भएका समिरका मामालाई जानकारी गराएका थिए । मामा मिलन खतिवडाले भान्जालाई नेपाल पठाउनका लागि परिवारसंग कुरा गर्न नपाउदै दुखद घटना भएको जानकारी दिनुभयो ।

शव नेपाल पठाउन सहयोग रकम संकलन सुरु भएको छ । लिंक यहाँ छ । लिंक यहाँ छ । 

तनावमा देखेपछि आफुले काउन्सेलिङमा पठाउन कोसिस गरेको तर समिर जान नमानेको युवा संयोजक मिश्रले बताउनुभयो । समिरको निधनको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । छोराको निधन भएपछि परिवारमा रुवाबासी चलेको छ । खबर सुनेर स्वास फेर्न समस्या भएपछि समिरको बुवालाई समेत अस्पताल भर्ना गरिएको छ ।

ऋण खोजेर समिरलाई अष्ट्रेलिया पठाएका परिवारको आर्थिक अवस्था कमजोर रहेको युवा संयोजक मिश्रले जानकारी दिनुभयो । समिरको शव पठाउन तथा परिवारलाई सहयोग गर्न एनआरएनए अष्ट्रेलियाले पहल गरिरहेको मिश्रले जानकारी दिनुभयो । मानसिक तनाव बारे सचेतना कार्यक्रम गर्न एनआरएनए अष्ट्रेलियाले पहल गर्ने प्रवक्ता उमेश खड्काले जानकारी दिनुभयो ।

सहयोगका लागि यहाँ थिच्नुस् सहयोगका लागि यहाँ थिच्नुस् 

तपाईलाई पनि मानसिक तनाव छ भने यी नम्बरमा कल गर्नुस

Lifeline – 13 11 14

Provides 24/7 crisis support and suicide prevention services.

beyondblue – 1300 224 636

Provides information and support to help everyone in Australia achieve their best possible mental health, whatever their age and wherever they live.

Carers Australia – 1800 242 636

Short-term counselling and emotional and psychological support services for carers and their families in each state and territory.

Kids Helpline – 1800 551 800

A free, private and confidential, telephone and online counselling service specifically for young people aged between 5 and 25.

MensLine Australia – 1300 789 978

A telephone and online support, information and referral service, helping men to deal with relationship problems in a practical and effective way.


ट्याग : #Australia, #nepali student, #samir
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ