Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal२०७२ सालकै भूकम्पको पराकम्पले हल्लायो काठमाडौं, स्थिति सामान्य !

२०७२ सालकै भूकम्पको पराकम्पले हल्लायो काठमाडौं, स्थिति सामान्य !


काठमाडौं । राति २ बजेर ३६ मिनेटमा काठमाडौं उपत्यकासँगै आसपासका जिल्लामा महशुस भएको भूकम्पको धक्का २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै पराकम्प भएको खुलेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर ४ दशमलब ७ म्याग्निच्युडको परकम्प गएको जानकारि दिएको हो ।

पराकम्पका कारण कुनै भौतिक र मानविय क्षती भएको विवरण नआएपनि रातीको समयमा काठमाडौंका केही स्थानमा भागाभाग भने मच्चिएको थियो । रातीको समयमा भएकाले धेरैले पराकम्पको मशसुश समेत गर्न पाएनन् । २०७२ को विनासकारि भूकम्पपछि अहिलेसम्म हजारौँ परकम्प गएका छन । पराकम्प जाने क्रम अझै जारी रहेको भूगर्भ इन्जिनियरहरुले बताएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ