Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब वर्षमा कम्तिमा १० दिन नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अस्ट्रेलिया भ्रमणको अवशर !

अब वर्षमा कम्तिमा १० दिन नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अस्ट्रेलिया भ्रमणको अवशर !


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा पुगेर प्रतिस्पर्धात्मक क्रिकेट खेल खेल्ने अवशर पाउने भएको छ । नेपाल क्रिकेट संघका महाप्रबन्धक वृतान्त खनाल र रोयल हेरिटेजका स्वतन्त्र प्रताप शाहबीच तीन वर्षसम्म वर्षको कम्तिमा १० दिन अस्ट्रेलिया भ्रमणसँगै प्रतियोगिता आयोजना गराउनेगरि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कार्यव्यवस्थता र अन्तर्राष्ट्रिय क्यालेण्डरमा असर नपर्ने गरी तीन वर्षसम्म वर्षको कम्तिमा १० दिन अस्ट्रेलिया भ्रमण गराउने सम्झौतामा उल्लेख छ । भ्रमणका क्रममा स्थानीय टिमका साथै स्टेट टिम र अस्ट्रेलियाको ए टिमसँग प्रतिस्पर्धा गर्ने वातावरण मिलाउने प्रतिवद्धता रोयल हेरिटेजले गरेको छ । ‘पहिलो वर्षका रुपमा सन् २०२२ भित्रै टिम पठाउनेछौं । पहिलो वर्षको मूल्यांकनका आधारमा बाँकी दुई वर्षका लागि निर्णय गर्नेछौं । त्यहाँ हाम्रो टिमको स्तरअनुसार प्रतिस्पर्धात्मक टिम भएन भने भ्रमणको अर्थ पनि रहँदैन,’ महाप्रवन्धक खनालले बताउनुभयो ।

रोयल हेरिटेजका स्वतन्त्र प्रताप शाहले क्रिकेट संकृतिको हिसावमा संसारमै अग्रणी अस्ट्रेलियाको टिम र नेपाली टिमबीच प्रतिस्पर्धा गराएर सदभाव र भाइचारा बढाउन भुमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । ‘नेपाली राष्ट्रिय क्रिकेट टीम र अष्ट्रेलियाका नेपाली लगायतका क्रिकेट क्ल्बहरूबीच हरेक बर्ष अष्ट्रेलियाका बिभिन्न शहरहरूमा मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना हुनेछ,अष्ट्रेलियामा रहेका नेपाली क्रिकेट टिम मध्येबाट एक टिम बनाइने छ भने अष्ट्रेलियाको नाम चलेको क्ल्ब र टिमहरुको पनि यो मैत्रीपूर्ण खेलमा सहभागिता रहने छ ।’ शाहले बताउनुभयो । सम्झौता भएपनि कुन टिमले खेल्ने, नेपाली टिम जाने मिति र शहर बारे भने टुंगो लाग्न बाँकी नै रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ