Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतास्मानीयामा रहेका नेपाली अभिभावकका लागि खुसीको खबर, जुन २५ मा बनभोज !

तास्मानीयामा रहेका नेपाली अभिभावकका लागि खुसीको खबर, जुन २५ मा बनभोज !


ब्रिजबेन । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया अन्तर्गतको तास्मानीया राज्य कमिटिले आफन्त भेट्न तास्मानीया आउनुभएका अभिभावहरुलाई लक्षित गर्दै बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । तास्मानीया राज्यमा रहनुभएका सम्पूर्ण नेपाली समूदायसँगै नेपाली मूलका अभिभावक, अग्रजहरुलाई स्वागत गर्ने र एकआपसमा घुममिल हुने उद्देश्यले आउँदो जुन २५ तारिख बनभोज आयोजना गर्न लागिएको हो ।

बनभोज कार्यक्रम र भेटघाट होहो हटपार्क लान्सेस्टनमा मा हुने बताइएको छ । तास्मानीया राज्य कमिटिले सबैमा हार्दिक निमन्त्रणा गर्दै आफ्नो समयले भ्याएसम्म उपस्थित भईदिनुहुन अनुरोध गरेको छ । जुन १८ सम्म नाम दर्ता गरिसक्नपर्ने भन्दै
होबार्ट र नर्थवेस्ट तास्मानियाबाट यतायतको सुबिधा पाइने बताइएको छ ।

रजिस्ट्रेसनको लागि सम्पर्क : Hobart केराज खनाल 0426422051, North and North west मुगेन गाैतम 0415 372 192



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ