Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalस्रोत नखुलेको चार करोड रुपैयाँसहित ४ जना चिनियाँ र एक नेपाली नागरिक पक्राउ !

स्रोत नखुलेको चार करोड रुपैयाँसहित ४ जना चिनियाँ र एक नेपाली नागरिक पक्राउ !


काठमाडौं । स्रोत नखुलेको झन्डै चार करोड रुपैयाँसहित काठमाडौंको नागढुङ्गाबाट चार जना चिनियाँ र एक जना नेपाली नागरिक पक्राउ परेका छन् । नुवाकोटबाट काठमाडौं आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको तीन करोड ८९ लाख १३ हजार रुपैयाँसहित पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जानकारि दिएको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले पक्राउ परेकाहरूलाई बरामद रकमसहित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई बुझाइएको जानकारि दिनुभयो । अब बाँकी अनुसन्धान र कारबाहीको प्रक्रिया विभागबाटै अघि बढ्ने बताइएको छ । गाडी चालक नुवाकोट विदुर नगरपालिका ८ घर भएका वर्ष ४४ का फूलबहादुर गुरुङ बाहेक हरु चार जना चिनियाँ नागरिक भएको र उनीहरुले कुन प्रयोजनका लागि यति ठूलो रकम बोकेर हिडेका थिए भन्ने अनुसन्धान सुरु भएको छ ।

यसअघिपनि बारम्बार ठूलो परिणाममा नेपाली रुपैयाँ र विदेशी मुद्रासहित चिनियाँ नागरिकहरु पक्राउ पर्दैआएका छन् । चिनियाँहरुका पछिल्ला गतिबिधि नेपाली अर्थतन्त्रका लागि चुनौँती बन्नसक्ने विश्लेषण समेत हुन थालेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ