Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaराष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखाको दोश्रो महाधिवेशन जुन २५ मा हुँदै !

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखाको दोश्रो महाधिवेशन जुन २५ मा हुँदै !


ब्रिजबेन । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखाले आगामी जुन २५ मा आफ्नो दोश्रो महाधिवेशन गर्ने भएको छ । प्रतिष्ठान अष्ट्रेलिया शाखाले एक विज्ञप्ति जारी गर्दै सिड्नीको टेम्पो पार्कमा जुन २५ मा महाधिवेशन गर्ने जानकारी गराएको हो ।

नेपाली गीतसंगीत, कलासंस्कृत, भेषभुसा तथा रितिरिवाजको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य लिएको संस्थाको अष्ट्रेलिया शाखाको पहिलो ३ बर्षे कार्यकाल सम्पन्न भैसकेको छ । अब दोस्रो कार्यकालका लागि अधिवेशन हुन लागेको संस्थाका अध्यक्ष समेत रहनुभएका विशाल इन्टरटेनमेन्टका सञ्चालक गोविन्द भट्टराईले जानकारि दिनुभयो । नेपाली गीतसंगीतलाई माया गर्ने सबैलाई कार्यक्रममा उपस्थित भइदिन संस्थाका सचिव प्रकाश सापकोटाले आह्वान गर्नुभएको छ । पहिलो महाधिवेशनमा छुटेका लोकदोहारी प्रेमीहरु र नयाँ सदस्य बन्न चाहानेहरुलाई समेत जुन २५ मा उपस्थित भैदिन आग्रह गरिएको छ ।

सन २०१९ मा स्थापित राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखाले नेपाली कला संस्कृति र गीत संगितलाई अष्ट्रेलियामा विस्तार र संरक्षण गर्न भुमिका खेल्दैआएको छ । प्रतिष्ठानले अष्ट्रेलियाको नेपाली समूदायसँगै कलाकारहरु मार्फत बालबालिका र युवा पुस्तामा आफ्नो लोक संस्कृति सम्बन्धी जागरण र विस्तारका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यस्तो छ महाधिवेशन बारेको विज्ञप्ति :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ