Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentबलिउड अभिनेता सलमान खानलाई कस्ले दियो ज्यान मार्ने धम्की ?

बलिउड अभिनेता सलमान खानलाई कस्ले दियो ज्यान मार्ने धम्की ?


काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । सलमानका बुवा बिहान जगिङमा जाँदा आराम गर्न बसेको बेन्चमा भेटिएको पत्रमार्फत सलमानको ज्यान मार्ने धम्की दिइएको खुलेको हो ।

चिठीमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला गरिदिने’ उल्लेख भएको बताइएको छ । पन्जाबी गायक तथा नेता सिद्धु मुसेवालाको गत साता पन्जाबको मान्सा गाउँमा दिनदहाडै २५–३० गोली प्रहार गरेर हत्या गरिएको थियो । प्रहरीले एफआइआर दर्ता गरेर पत्रका विषयमा अनुसन्धान अघि बढाएको छ । कस्ले कुन कारण धम्की दियो भन्नेबारे कुनै तथ्य खुलेको छैन । प्रहरीले सलग्नको अनुसन्धानसँगै खोजीलाई तिब्रता दिएको जनाएको छ ।

बिहान साढे सात देखि ८ को बीचमा सलिमका बडीगार्डले सुरुमा पत्र देखेर सलिमलाई दिएको बताइएको छ । मुसेवालाको हत्यापछि सरकारले सलमानको सुरक्षा बढाएको दाबी गरिएपनि प्रहरीले भने यसको खण्डन गर्दै आएको छ ।


ट्याग : #एफआइआर दर्ता, #ज्यान मार्ने धम्की, #प्रहरी, #बलिउड अभिनेता सलमान खान, #सिद्धु मुसेवाला
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ