Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमे महिनामा ५३ हजार बढी पर्यटक नेपाल आउँदा अष्ट्रेलियाबाट कति आए ?

मे महिनामा ५३ हजार बढी पर्यटक नेपाल आउँदा अष्ट्रेलियाबाट कति आए ?


काठमाडौं । कोरोना महामारिको त्रासदी कम भएसँगै नेपालका पर्यटकिय क्षेत्रहरु चलायमान हुन थालेका छन् । गएको मे महिनामा मात्रै ५३ हजार जनाभन्दा धेरै विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा ५३ हजार ६ सय आठ जना पर्यटक नेपाल आएका हुन् ।

हुनत नेपालमा पर्यटकिय गतिबिधिसँगै पर्यटक आगमन विगतकै अवस्थामा फर्किन भने सकेको छैन । कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ को मे महिनाको तुलनामा अझपनि पर्यटकको संख्यामा २५ दशमलव ७ प्रतिशतले कमी रहेको छ । सन् २०२० को मे महिनामा ३१ जना र गएको वर्षको मे महिनामा १४ सय ६८ जना पर्यटक नेपाल आएको तथ्यांक छ । यो वर्ष मे महिनामा सबैभन्दा धेरै भारतबाट २६ हजार ६ सय ६२ जना पर्यटक नेपाल आएका छन् ।

समग्रमा दक्षिण एसियाबाट मात्रै ३० हजार पाँच सय ६६ जना पर्यटक आएको पाइएको छ । यस्तै, एसियाली देशबाट दुई हजार दुई सय २३ र युरोपबाट ६ हजार आठ सय ९५ जना, अमेरिकी देशबाट आठ हजार ३३ जना, न्युजिल्यान्ड र अस्ट्रेलियाबाट एक हजार ६ सय ९४ जना पर्यटक नेपाल आएका छन् । क्रमश पर्यटकहरुको संख्या बढेसँगै अब नेपालको पर्यटकिय गतिबिधि पुरानै लयमा फर्किने आशा गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ