Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा एक्सर्टको शैक्षिक मेला, अष्ट्रेलियाका २७ शैक्षिक संस्था एकै ठाँउमा

ब्रिजवेनमा एक्सर्टको शैक्षिक मेला, अष्ट्रेलियाका २७ शैक्षिक संस्था एकै ठाँउमा


ब्रिजवेन/एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेसले अष्ट्रेलियाका २७ वटा शैक्षिक संस्थालाई एकै ठाउ भेला पारेर शैक्षिक मेला आयोजना गर्ने भएको छ ।
‘एजुकेशन एण्ड माइग्रेसन फेयर २०२२’ नाम दिइएको मेला यहि आगामी जुन ६ तारिख सोमबार आयोजना हुन लागेको हो । दिउसो १ बजेदेखि ४ बजेसम्म एक्सपर्टको कार्यलयमा मेलाको आयोजना हुने आयोजकले जनाएको छ ।

मेलामा अष्ट्रेलियामा पछिल्लो समय उपलब्ध अध्ययनका विषयहरु र पिआरका विभिन्न बाटाहरुका बारेमा विद्यार्थीले एकैठाउमा जानकारी लिन सक्ने आयोजकले जनाएको छ ।
त्यस्तै विद्यार्थीले विश्वविद्यालय र कलेजका प्रतिनिधीसंग आफुलाई लागेका जिज्ञासाका बारेमा व्यक्तिगत रुपमै भलाकुसारी गर्न सक्नेछन् । जसले कुन विषय पढ्दा भविष्य उज्वल हुन्छ भनेर विद्यार्थीलाई निर्णय लिन सजिलो हुने एक्सपर्टले जनाएको छ । त्यस्तै कार्यक्रममा विद्यार्थीले अष्ट्रेलियाको स्थाई भिषा पिआरका विभिन्न संभावनाका बारेमा समेत रजिष्टर्ड माइग्रेसन एजेण्टहरुसंग सिधै कुराकानी गर्न सक्नेछन् । मेलाबारे थप विवरण यहाँ छ

त्यस्तै उपलब्ध छात्रवृत्तिका बारेमा समेत विद्यार्थीले तथ्यपरक सुचना पाउनेछन् ।
अष्ट्रेलियाको शिक्षा र यसका संभावना बारे सम्पुर्ण जानकारी भएका विद्यार्थीले भविष्यमा दुख नपाउने भएकाले सबैलाई कार्यक्रममा सहभागी भएर फाइदा लिन एक्सपर्टका होम पौडेलले आग्रह गर्नुभयो । कार्यक्रम सहभागीहरुलाई विभिन्न उपहार र पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

मेलामा सहभागी शैक्षिक संस्थाहरु


ट्याग : #Australia education fair, #expert education
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ