Friday, 3 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालट्युबको सामाजिक उत्तरदायी पत्रकारिताको प्रशंसा, बन्यो साझा चौतारी

नेपालट्युबको सामाजिक उत्तरदायी पत्रकारिताको प्रशंसा, बन्यो साझा चौतारी


ब्रिजवेन/नेपालट्युबले सुरु गरेको सामाजिक उत्तरदायित्वसहितको पत्रकारितालाई अष्ट्रेलियाका नेपाली समुदायले प्रशंसा गरेका छन् । व्रिजवेनमा आयोजित व्यवसायी तथा विज्ञापनदाताहरुसंगको रात्रीभोजमा प्रवासका नेपालीका समस्या र गुनासोलाई सम्बोधन गर्ने गरि अघि बढिरहेको भन्दै नेपालट्युबको प्रशंसा गरिएको हो ।

अष्ट्रेलियाका नेपाली समुदायलाई सुसुचित गर्ने यात्रामा विज्ञापन दिएर सहयोग गर्ने ब्रिजवेनका व्यवसायीहरुलाई धन्यवाद स्वरुप नेपालट्युबले रात्री भोजको आयोजना गरेको हो । फोर्टिच्युट भ्यालीको असम ग्रिल्ड एण्ड बारमा भएको कार्यक्रममा २० जना भन्दा बढी व्यवसायी सहभागी भएका थिए ।

कार्यक्रममा डाक्टर भरतराज पौडेलले भिडियो, अनलाईन र सामाजिक संजालबाट एकैचाटी नेपाली समुदायका लागि सुचना नेपालट्युबबाट प्राप्त हुने ठुलो उपलब्धी भएको भन्दै यसलाई निरन्तरता दिइरहनुपर्नेमा जोड दिनुभयो । अष्ट्रेलियाको राष्ट्रिय मिडियापछि नेपाली समुदायका लागि महत्वपुर्ण सुचना नेपालट्युबबाट प्राप्त हुने भएकाले यस कार्यलाई निरन्तरता दिन अष्ट्रेलियाको नेपाली व्यवसायीहरुले समेत विज्ञापन दिएर सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेपालट्युबको धन्यवाद रात्रीभोजमा सहभागी ब्रिजवेनका व्यवसायीहरु

त्यस्तै गैरआवासिय नेपाली अभियन्ता तथा रजिष्ट्रर्ड माइग्रेसन एजेण्ड नारायण कोइरालाले नेपालट्युब र यसका सम्पादक सरल गुरुङले पत्रकारितासंग सगै सेवा पनि गरिरहनुभएको बताउनुभयो । ब्रिजवेनबाट संचालन भइरहेको नेपालट्युब अष्ट्रेलियाकै नम्बर १ नेपाली मिडिया भएको कोइरालाले दाबी गर्नुभयो । नेपालट्युबको प्रभावकारिता अष्ट्रेलियामा बाहेक नेपालमा पनि उत्तिकै रहेको समेत कोइरालाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा युवा अभियन्ता निराजन लुइटेलले नेपालबाट आफ्ना अभिभावकले नेपालट्युबको भिडियो पठाएर अष्ट्रेलियाबारे आफुहरुलाई अपटेड गराउने गरेको भन्दै यसको लोकप्रियता बारेमा चर्चा गर्नुभएको थियो ।

नेपाट्युबका प्रधानसम्पादक सरल गुरुङले सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता गर्दा समाजबाट पाएको साथ र सहयोगका लागि सबैलाई धन्यवाद दिनुभयो । ‘हाम्रो आकार र प्रभाव बढेसंगै समाजप्रतिको दायित्व पनि उत्तिकै थपिएको छ’- गुरुङले -‘भन्नुभयो दर्शक र पाठकको आशा र भरोसालाई तोड्ने छैनौं ।’

कार्यक्रममा नेपालट्युबको टिकटकमा २ लाख भन्दा बढी फलोअर्स भएको खुसीयालीमा केक समेत काटिएको थियो ।
नेपालट्युबमा नेपाल, अष्ट्रेलिया र अमेरिकाबाट समाचारहरु प्रशारण र प्रकाशन हुदै आएका छन् । नेपालट्युबको फेसबुक, युट्युब, टिकटक र इन्ट्राग्रामका भिडियोमा हप्ताकै ६० देखि ७० लाख भ्युज हुने गरेको छ । त्यस्तै नेपालट्युबको अनलाईनमा दैनिक हजारौले समाचार सामाग्री पढ्ने गर्छन् । नेपालट्युब सन् २०१७ मार्चदेखि अष्ट्रेलियाबाट प्रकाशन र प्रशारण हुदै आएको छ ।


ट्याग : #Nepaltube
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ