Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsन्युजिल्याण्ड पठाईदिन्छु भनि २ जनासँग तीस लाख ठगी गर्ने व्यक्ति पक्राउ !

न्युजिल्याण्ड पठाईदिन्छु भनि २ जनासँग तीस लाख ठगी गर्ने व्यक्ति पक्राउ !


काठमाडौं । वर्किङ भिषामा न्युजिल्याण्ड पठाइदिने भन्दै दुई जनासँग ३० लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । जनही पंन्ध्र लाख रुपैयाँ लाग्छ, न्युजिल्याण्ड पुगेपछि कृषि फर्ममा काम लगाइदिन्छु, कम्तिमा मासिक दुई लाख पंचास हजार रुपैयाँ तलब हुन्छ भन्दै २ जनाबाट प्रतिव्यक्ती १५ लाखका दरले तीस लाख ठगी गरेकोले अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगार विभागबाट पक्राउका लागि अनुरोध भएअनुसार नागार्जुन ९ स्युचाटार बस्ने वर्ष ४५ को विकास भट्टराई खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । नवलपुरको कावासोती ८ स्थायी घर भई हाल भक्तपुरको ठिमी बस्ने वर्ष २८ का विकास जोशी र जिल्ला तनहुँ रिसिङ गा.पा. वडा नं. ५ स्थायी घर भई हाल जिल्ला भक्तपुर ठिमी न.पा. वडा नं. ४ बस्ने वर्ष २७ को अमृत चन्दले ठगीको उजूरी गरेको आधारमा पक्राउ परेका भट्टराईलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको छ ।


ट्याग : #ठगी गर्ने व्यक्ति पक्राउ, #विकास भट्टराई खत्री पक्राउ
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ