Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआइतबार सम्पर्कविहीन भएको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो !

आइतबार सम्पर्कविहीन भएको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो !


काठमाडौं । आइतबार सम्पर्कविहीन भएको तारा एयरको ९ एन–एईटी कलसाइनको रहेको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ २ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले जानकारी दिनुभएको हो ।

पोखरादेखि मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार विहान ९ बजेर ५५ मिनेटमा उडान भरेको १२ मिनेटमै विमान सम्पर्कबिहिन भएको थियो । आइतबार दिनभर नेपाली सेना र विभिन्न नीजि क्षेत्रका हेलिकोप्टरले उद्धार र खोजीको पहल गरेपनि प्रतिकुल मौसमका कारण सम्भव भएको थिएन ।  स्थानीय यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारि दिनुभयो । मानापाथी हिमालको फेदी अर्थात ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । घटनास्थलमा पौदल हिडेर नेपाली सेना र प्रहरीको टोली गइरहेको र सानो हेलिकोप्टर समेत पठाइएको बताइएको छ ।

जहाजमा चालक दलका तीन सहित र १९ यात्रु थिए । ४ भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको विमान लेतेपास क्षेत्रबाट सम्पर्कबिहिन भएको थियो । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा रहेकी छिन । उनीहरुको अवस्थाबारे हालसम्म कुनै जानकारी आएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ