Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौं महानगरको मेयरमा बालेन साह (स्वतन्त्र) र उपमेयरमा सुनिता डंगोल (एमाले) विजयी

काठमाडौं महानगरको मेयरमा बालेन साह (स्वतन्त्र) र उपमेयरमा सुनिता डंगोल (एमाले) विजयी


काठमाडौं । देशकै जेठो काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह ९बालेन० निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित बन्दा साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याउनुभयो । तेस्रो बन्नुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याउनुभएको छ ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल भारी मतान्तर सहित विजयी हुनुभएको छ । डंगोलले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ