Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकाठमाडौंमा बालेन चम्किदा अरु ५ महानगरमा यस्तो छ चुनावी भिडन्त !

काठमाडौंमा बालेन चम्किदा अरु ५ महानगरमा यस्तो छ चुनावी भिडन्त !


काठमाडौं । काठमाडौै महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४४ हजार १ सय ८३ मत ल्याउनु भएको छ । महानगरको १ लाख ३० हजार बढी मत गन्दा बालेनको अग्रता कायमै छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापित २५ हजार ५९ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । यस्तै उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले ४५ हजार ८ सय ७५ मत पाउँदा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका रामेश्वर श्रेष्ठले १५ हजार २८२ मत पाउनुभएको छ ।

अर्को चासोका साथ प्रतिक्षा गरिएको महानगर हो चितवनको भरतपुर महानगरपालिका । यहाँ सत्ता गठबन्धनबाट उम्मेदबार बन्नुभएकी माओवादी केन्द्रकी नेतृ रेनु दाहालले ४३ हजार ६०६ मतसहित अग्रता लिइरहनुभएको छ । एमाले उम्मेदवार विजय सुवेदी ३३ हजार ७०३ मतसहित पछ्याइरहनुभएको छ । उपमेयरतर्फ गठबन्धनतर्फका कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ४४ हजार ९१८ मत ल्याउँदा एमालेसहितको गठबन्धनबाट उम्मेदवार बनेका राप्रपा नेतृ हिमला गुरुङले २६ हजार ६८६ मत ल्याउनुभएको छ ।

पोखरा महानगरमा सत्ता गठबन्धनतर्फबाट उम्मेदवार बन्नुभएका एकिकृत समाजवादीका धनराज आचार्यले ४९ हजार २४१ म्त ल्याएर अग्रता कायम गर्नुभएको छ । एमाले उम्मेदवार कृष्णबहादुर थापा ४५ हजार २६२ मतसहित पछ्याइरहनुभएको छ । यहाँ कांग्रेसकी कोपिला रानाभाटले ४८ हजार ४९२ मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ ५१ हजार ५८९ मतसहित पहिलो स्थानमा हुनुहुन्छ ।

ललितपुर महानगरका कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन जित नजिक देखिदा एमालेका हरिकृष्ण ब्यजनकार करिब १५ हजार मतले पछि पर्नुभएको छ । वीरगज महानगरमा एमालेका विजयकुमार सरावगीभन्दा दोब्बर मत अर्थात ३८ हजार ४३७ सहित जसपाका राजेशमानसिंह जित उन्मुख देखिनुभएको छ । विराटनगरमा एमाले उम्मेदवार सागरकुमार थापालाई पराजित गर्दै कांग्रेसका नागेश कोइराला मेयर बनिसक्नुभएको छ । यहाँ एमाले उम्मेदवार शिल्पा कार्की विजयी हुनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ