Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआज अष्ट्रेलियामा संघिय निर्वाचन, यस्तो छ निर्वाचन बारे जान्नैपर्ने कुरा

आज अष्ट्रेलियामा संघिय निर्वाचन, यस्तो छ निर्वाचन बारे जान्नैपर्ने कुरा


ब्रिजवेन/आज अष्ट्रेलियामा संघिय संसदको निर्वाचन हुदैछ । अष्ट्रेलियामा तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ र माथिल्लो सदन सिनेटको एकै पटक चुनाव हुन लागेको हो ।
हाउस अफ रेप्रिजेन्टेटिभको १५१ सिटका लागि देशभरबाट १२ सय ४ जना उमेद्वार चुनावी मैदानमा छन् । त्यस्तै ७६ सिटको सिनेटका लागि ४ सय २२ जनाको उमेद्वारी परेको छ ।

तल्लो सदनको कार्यकाल ३ वर्षको हुन्छ भने सिनेटरहरु ६ वर्षका लागि चयन हुन्छन् । तल्लो सदनका सांसदले स्थानिय निर्वाचन क्षेत्रका जनताको प्रतिनिधित्व गर्छन् भने सिनेटरले राज्य र टेरिटोरीको प्रतिनिधित्व गर्छन् ।

हरेक तीन वर्षमा हुने निर्वाचनमा यसपाली १ करोड ७२ लाख ८ हजार ९ सय मतदाता छन् । चुनाव मे २१ मा भएपनि यसअघि नै हुलाकबाट गरिने मतदान र समय अघि नै गरिने अर्लि भोटिङ भने एक साता अघि नै सुरु भइसकेको छ । १८ वर्ष कटेकाहरुका लागि अनिवार्य मतदानको नियम छ । जसका लागि उमेर पुगेकाहरुले मतदानका लागि आफुलाई दर्ता गराउनुपर्छ । चुनावमा मतदान नगरे जरिवाना हुन्छ ।

मतदानका लागि देशभर ८ हजार मतदान केन्द्रहरु स्थापना गरिएको अष्ट्रेलियन निर्वाचन आयोगले जनाएको छ । त्यस्तै कोभिड संक्रमण भएका वा आइसोलेसनमा बसेकाहरुले समेत हुलाकमार्फत भोट गर्न सक्नेछन् । उनीहरुले फोनमार्फत समेत भोट हाल्न सक्नेछन् । अष्ट्रेलियामा विदेशमा रहेका आफ्ना नागरिकलाई पनि मतदान गर्ने व्यवस्था गरेको छ । केही देशमा त मतदान केन्द्रहरु नै स्थापना गरिएको छ । मतदान केन्द्र नभएको देशमा रहेका नागरिकहरुले हुलाकमार्फत मतदान गर्न सक्नेछन् । अष्ट्रेलियामा बहुुमतको सरकार गठन गर्नका लागि १ सय ५१ मध्ये कम्तिमा ७६ सिट जित्नुपर्छ ।

यसपाली पनि संघिय सांसदमा सत्तारुढ दल लिवरलको तर्फबाट सिड्नीमा नेपालीमुलका विनोद पौडेल उमेद्वार छन् । सन् २०१९ मा भएको संघिय निर्वाचनमा पहिलो पटक नेपालीमूलका पिजे श्रेष्ठले लिभलरबाटै संघिय निर्वाचनमा टिकट पाएका थिए । उनले जित हासिल गर्न नसकेपनि पिजेको उमेद्वारीले नेपाली समुदायलाई अष्ट्रेलियाको मुलधारको राजनीतिमा ल्याउन ढोका खोलिदिएको छ ।


ट्याग : #Australia, #australia election 2022, #election 2022
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ