Thursday, 11 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकस्ता आउँलान नेपालका ७५३ वटा पालिकामा जनप्रतिनिधि? ६४ प्रतिशत मात्रै मतदान

कस्ता आउँलान नेपालका ७५३ वटा पालिकामा जनप्रतिनिधि? ६४ प्रतिशत मात्रै मतदान


काठमाडौं । निर्वाचन आयोगले देशभरका ७५३ वटा पालिकाका जनप्रतिनिधि छान्न भएको निर्वाचनमा ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । मतदान सकिएपछि बेलुका पत्रकार सम्मेलन गर्दै आयोगले देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमानसहित यो सङ्ख्या बढ्न सक्ने जानकारी गरिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक आँकडा आएको जानकारि दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले अपेक्षा गरेअनुसार मतदाता मतदानमा सहभागि नभएको जानकारी दिए । विगतको निर्वाचनको तुलनामा मतदातामा उत्साह घटेको समेत पाइएको छ ।

सबैभन्दा धेरै मतदाता रहेको काठमाडौंमा समेत ५२ प्रतिशत मात्रै मत खसेको जानकारी दिदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आज चुनावको दौरान विभिन्न जिल्लामा छिटपुट घटना र केही ठाउँमा अप्रिय घटना भए । यसको कारण अहिलेसम्म १४ जिल्लाका १७ पालिकाका २८ वटा मतदान स्थलका ४४ वटा केन्द्रमा मतदान स्थगित भएको छ ।’

स्वयम उम्मेदवार र दलका नेताहरुले समेत अपेक्षा गरेअनुसार मतदान नभएको स्विकार गरेका छन् । यद्यपी छिटफुट झडपका घटना बाहे समग्रमा निर्वाचन शान्तिपूर्ण नै भएको जनाइएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले सुरक्षा व्यवस्था र राजनीतिक दलहरूको व्यवस्थाको बारेमा आयोग चिन्तित र सशङ्कित भएको प्रतिक्रिया दिएका छन् ।

मत बदर विगत भन्दा बढी हुने आँकलन
चुनाव पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले उम्मेदवार नै नरहेका निर्वाचन चिह्नसमेत समावेश भएको मतपत्र र गठबन्धका कारण पहिलेभन्दा बदर मतपत्रको प्रतिशत यसपालि धेरै हुनसक्ने जनाएको छ । यसरी बढ्ने बदर मतका कारण मतपत्रको औचित्य र वैधतामाथि प्रश्न उठ्ने जियोकले विज्ञप्ती नै जारी गरेर जानकारी गराएको छ ।

अधिकांश मतदान केन्द्रमा तोकिएको समय पाँच बजे नै मतदानको काम सम्पन्न हुँदा केही स्थानमा राती ८ बजेसम्म समेत मतदान भएको छ । मनाङ नवलपरासीका कतिपय पालिका क्षेत्रमा मतगणना सुरु भएपनि अधिकांश महानगर, उपमहानगर र पालिका क्षेको मतगणना आइतबार बिहानबाट मात्रै हुने देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ