Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविदेशमा बसेर नेपालमा लगानी गर्ने अवसर, विद्याथीले पनि मौका पाउने

विदेशमा बसेर नेपालमा लगानी गर्ने अवसर, विद्याथीले पनि मौका पाउने


ब्रिजवेन/विदेशमा बस्ने नेपालीलाई राष्ट्र बैंकले उच्च ब्याजदरमा पैसा बचत गर्ने मौका दिने भएको छ । वैदेशिक रोजगार बचतपत्र जारी गर्दै राष्ट्र बैंकले विदेशमा बस्ने नेपालीलाई बचत गर्ने अवसर दिन लागेको हो । राष्ट्र बैकले जुन १ तारिखदेखि २० दिनसम्मका लागि बचतपत्रकाको आवेदन खुल्ला गर्दैछ ।

बिगत १ वर्षदेखि यस्तो बचत पत्र जारी हुदै आएको छ । यो वर्षका लागि भने राष्ट्र बैंकले ब्याजदर बढाएर साढे १२ प्रतिशत पुर्याएको छ । राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुुणाकर भट्टका अनुसार गत गत वर्ष १० प्रतिशत ब्याजदरमा साढे २ प्रतिशत वृद्धी गरिएको हो ।
यो बचतपत्रमा राखिएको पैसा ५ वर्षमा परिपक्क हुन्छ । हरेक ६ महिनामा ब्याज भुक्तानी पाइने यस्तो बचतपत्रको लगानीलाई सुरक्षित मानिन्छ । बचतपत्रमा १० हजार रुपैयादेखि माथी जति पनि लगानी गर्न सकिन्छ ।

यस वर्षदेखि वैदेशिक रोजगारीमा गएकाहरुले आफु भएकै स्थानबाट अनलाईनमार्फत बचतपत्रमा लगानी गर्न सक्नेछन् । यसमा लगानी गरेको रकममा कर समेत छुट दिने गरिन्छ । यसपाली राष्ट्र बैंकले ५० करोड रुपैया बराबरको बचतपत्र बेच्ने तयारी गरेको छ । यस्तो बचतपत्र ५ वर्ष नपुग्दै बेच्न, अन्य बैंकमा धितो राखेर ऋण लिन समेत सकिने प्रवक्ता भट्टले नेपालट्युबलाई जानकारी दिनुभयो ।

क कसले किन्न पाउछन् ?

यस्तो बचतपत्र बैदेशिक रोजगारमा गएका नेपाली नागरिकले किन्न पाउनेछन् । प्रवक्ता भट्टका अनुसार वैदेशिक रोजगारमा गएका तथा विदेशमै स्थाई बसोबासको अनुमति पाएका तर विदेशी नागरिकता नलिएका नेपालीले समेत यो खरिद गर्न सक्नेछन् । त्यस्तै विद्यार्थी भिषामा गएर काम गरिरहेकाहरुले समेत बचतपत्र खरिद गर्न सक्नेछन् । विदेशमा रहेका गैर आवासिय नेपालीहरुले बचतपत्र खरिदका गरिदिन राष्ट्र बैंकले एनआरएनए मार्फत सन्देश पठाएको छ ।
बचतपत्रका लागि थप विवरण राष्ट्र बैंकको यो लिंकमा उपलब्ध छ ।


ट्याग : #rastra bank of nepal
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ