Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा गोली चल्यो एकको निधन अर्को गम्भीर घाइते, गुण्डागर्दीको बदला हुुनसक्ने

सिड्नीमा गोली चल्यो एकको निधन अर्को गम्भीर घाइते, गुण्डागर्दीको बदला हुुनसक्ने


सिड्नी/पश्चिमी सिड्नीको एक जिमखानामा गोली चल्दा एक जनाको निधन भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । सिड्नीको अर्बनस्थित जिममा यी दुइ दाजुभाई माथी अज्ञात समुहले अन्धाधुन्ध गोली चलाएका थिए ।

पेट, पाखुरा र पेटमा गोली लागेका ३९ वर्षिय ओमारको हृदयघातबाट घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै मृतकका दाइ तारिक जहेदलाई १० वटा गोली लागेको छ । टाउकोमा समेत गोली लागेर सक्त घाइते भएका जहेदको वेष्टमिड अस्पतालमा उपचार भइरहेको छ । घटना मंगलबार राति ८ बजे भएको हो ।

४१ वर्षिय जहेद भिक्टोरिया राज्यका स्थानिय बासिन्दा हुन् । सिड्नी घुम्न आएका बेलामा उनीमाथी गोली प्रहार भएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ । जहेद ‘बाइकी ग्याङग’ का नाइके रहेको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । प्रहरीको ग्याङग फाइट स्क्वाडले घटनाको अनुुसन्धान गरिरहेको छ ।

गत महिना सिड्नीमै अर्का गुण्डा नाइके ब्राउनी भनेर चिनिने मोहम्मद अहमदको पनि गोली हानी हत्या भएको थियो । हत्या र गुण्डागर्दीको आरोप खेपेका मोहम्मदको हत्यारालाई १ मिलियन डलर दिने भनेर समेत उनका प्रतिष्प्रधी गुण्डा समुहले घोषणा गरेका थिए । उनकै हत्याको बदला लिन मंगलबार सिड्नीको गोली हानिएको हुन सक्ने भन्दै प्रहरीले अनुुसन्धान अघि बढाएको छ ।


ट्याग : #australia bikie gang, #Omar Zahed, #shooting in Auburn', #Sydney shooting, #Tarek Zahed
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ