Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएडिलेडबाट सरिताको दोश्रो गीत ‘आमा’ सार्वजनिक (भिडियोसहित)

एडिलेडबाट सरिताको दोश्रो गीत ‘आमा’ सार्वजनिक (भिडियोसहित)


एडिलेड, अष्ट्रेलिया । लामो समयदेखी एडिलेडमा बस्दै आउनुभएकी गायिका सरीता निरौलाले ‘आमा’ बोलको गीत मातातीर्थको अवसर पारेर सार्वजनिक गर्नुभएको छ । आफ्नो दोस्रो सांगितिक प्रस्तुतीका रुपमा आमाको प्रेम, त्यागको चर्चा गरिएको ‘आमा’ गीत सार्वजनिक भएको हो ।

गीतसँगै गायिका निरौँलाले सांगितिक म्युजिक भिडियो समेत सार्वजनिक गर्नुभएको छ । निरौलाको स्वर र शब्द रहेको गीतमा सुरेन्द्र श्रेष्ठले संगीत भर्नुभएको छ । दक्षिण अष्ट्रेलिाको भिएम साउण्डमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोमा गायिका निरौला स्वयंमले अभिनय गर्नुभएको छ भने विकास शर्मा पोखरेल, रोहित अधिकारी र इनिशा खड्ले उहाँलाई अभिनयमा साथ दिनुभएको छ । म्युजिक भिडियोको छायांकन तथा सम्पादन प्रदिप खत्रीले गर्नुभएको छ । नबिन पन्तको निर्देशन रहेको गीतलाई धेरैले रुचाएका छन् ।

गायिका निरौलाले आमाको माया र त्यागलाई सम्झना स्वरुप गीत मार्फत प्रस्तुत गरेको बताउनुभयो । निरौलाले विदेशमा रहेर समेत आफ्नो संगीत र सृजनालाई निरन्तरता दिने आफ्नो प्रयास जारी रहेको समेत बताउनुभएको छ । म्युजिक भिडियोका निर्देशक पन्तले अहिले चलिरहेको भन्दा फरक किसिमको म्युजिक भिडियो निर्माण गरिएको दाबी गर्नुभएको छ । यो म्युजिक भिडियो अन्य चलनको भन्दा पृथक भएको बताइएको छ ।

गीतको भीडियो तलको लिंकबाट सुन्न र हेर्न सकिन्छ :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ