Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएक दशकपछि ब्याजदर वृद्धि, यस्तो पर्नसक्छ व्यवसायी र विद्यार्थीमा असर !

एक दशकपछि ब्याजदर वृद्धि, यस्तो पर्नसक्छ व्यवसायी र विद्यार्थीमा असर !


ब्रिजबेन । अष्ट्रेलियाले एक दशकको अन्तरालमा पहिलो पटक आफ्नो ब्याज दर बढाएसँगै यसको असरबारे चौतर्फी चासो सुरु भएको छ । सन् २०१० को नोभेम्बर महिनामा ब्याजदर बढाएको अष्ट्रेलियाको केन्द्रीय बैंकले मंगलबार नगद दर २५ आधार बिन्दुले ०.३५ प्रतिशत ब्याजदर वृद्धि गरेसँगै समग्र बजार मूल्यमा महंगिको मार थपिने आशंका बढिरहेको छ ।

अष्ट्रेलियाको रिजर्भ बैंकका गभर्नर फिलिप लोले महामारीको समयमा अष्ट्रेलियाको अर्थतन्त्रलाई मद्दत गर्नका लागि राखिएको केही ‘असाधारण मौद्रिक समर्थन’ फिर्ता लिन सुरु गर्ने यो नै सही समय समय भएको बताउनुभएको छ । अर्थतन्त्र लचिलो बन्दा मुद्रास्फीति अपेक्षा गरिएको भन्दा उच्च स्तरमा उठेको दाबी गर्दै लोवले ब्याजदरको अत्यन्त न्यून स्तरलाई ध्यानमा राख्दै मौद्रिक अवस्थालाई सामान्य बनाउने प्रक्रिया सुरु गर्नुपर्ने बताउनुभएको छ । ज्यालदर समेत बृद्धी भएको अवस्थामा ब्याजदर बृद्धिको मार ठूलो नहुने सरकारी प्रक्षेपण गरेको छ ।

यता, अष्ट्रेलियाका अर्थविद्हरूले भने १५ आधार बिन्दुले ०.२५ प्रतिशत ब्याजदर बढ्ने अनुमान गरिएकोमा केन्द्रीय बैंकको निर्णय अनुमान भन्दा धेरै माथि भएको बताएका छन् । अष्ट्रेलियाको वित्तीय सेवा फर्म एएमपीका लगानी रणनीतिका प्रमुख र प्रमुख अर्थशास्त्री शेन ओलिभरले ब्याजदर वृद्धिको मापन बजारको अपेक्षाभन्दा माथि रहेको बताउनुभएको छ । विश्लेषकहरूले मुद्रास्फीतिको तीव्र वृद्धिलाई ध्यानमा राख्दै केन्द्रीय बैंकले ब्याजदर बढाउने अपेक्षा गरेको भएपनि पछिल्लो त्रैमासमै खाद्यान्न, पेट्रोल र अन्य उपभोग्य वस्तुको मूल्य बढेको छ । अब अझ बढ्ने चिन्ता बढेको छ ।

कस्तो छ अष्ट्रेलियाको अर्थतन्त्र ?
अष्ट्रेलियाको उपभोक्ता मूल्य सूचकांक पहिलो त्रैमासिकमा २.१ प्रतिशतले बढेको छ । जबकी यसको अनुमान १.७ प्रतिशत आँकलन गरिएको थियो । वार्षिक आधारमा, उपभोक्ता मुद्रास्फीति ५.१ प्रतिशतले बढेको छ । यो वृद्धि २००१ यताकै उच्च भएको सरकारी तथ्यांकहरूले नै देखाएको छ ।

होबार्टमा रहेको वित्तिय संस्था मनिक्वेसटकी सञ्चालिका तथा होमलोन विशेषज्ञ मेघना राउत दशकपछि बढेको ब्याजदरले व्यवसाय र आवास क्षेत्रमा प्रभाव पर्ने बताउँनुहुन्छ । अष्ट्रेलियाको रिजर्भ बैंकले ब्याजदर बढाएपछि अरू बैंकले पनि ब्याजदर बढाउँने तयारी थालेको र यसको असर ठूलो रकम फिक्स ब्याजदरमा नलिनेहरुमा पर्ने उहाँको दाबी छ ।

विद्यार्थीहरुलाई कस्तो पर्छ ब्याजदर बृद्धीको असर ?
अष्ट्रेलियामा बसिरहेका विद्यार्थीहरूलाई र पढ्न आउनेहरुलाई भने ब्याजदर बृद्धिले प्रत्यक्ष असर पार्नेछैन । होमलोन विशेषज्ञ राउत अष्ट्रेलियामा बसेका विद्यार्थीहरूले व्यक्तिगत ऋण लिएका छन् भने उनीहरूलाई असर पर्ने, कोही विद्यार्थीले पिआर भएकाहरूसँग मिलेर घर लिनुभएको छ भने उहाँहरूले तिर्नुपर्ने रकम बढेर असर पर्ने बताउनुहुन्छ ।


ट्याग : #Australia, #australia election 2022, #interest rate, #international student, #Reserve Bank of Australia, #अर्थतन्त्र, #रिजर्भ बैंकका गभर्नर फिलिप लोले
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ