Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआम चुनाव नजिकिदैगर्दा अष्ट्रेलियामा बढ्यो बैंकको ब्याज, कहिलेसम्म उच्च मुद्रास्फीति ?

आम चुनाव नजिकिदैगर्दा अष्ट्रेलियामा बढ्यो बैंकको ब्याज, कहिलेसम्म उच्च मुद्रास्फीति ?


ब्रिजबेन, अष्ट्रेलिया । आम चुनाव नजिकिदैगर्दा अष्ट्रेलियाको केन्द्रीय बैंकले ब्याज दर बढाएको छ । एक दशकभन्दा लामो समयपछि बढ्दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंकले ब्याजदर बढाइएको हो ।

रिजर्व बैंक अफ अष्ट्रेलियाका अनुसार निक्षेपको ब्याजदर शून्य दशमलव एक प्रतिशतबाट बढाएर शून्य दशमलव ३५ प्रतिशत पुर्याएको छ । पेट्रोलियम पदार्थ, आवास निर्माण र खाद्यान्नको लागत बढेका कारण पहिलो त्रैमासिक अवधिमा अस्ट्रेलियाको उपभोक्ता मूल्य दुई दशक यताकै तीव्र गतिमा बढेको छ । सन् २०१० को अन्त्यपछि भने ब्याजदर बृद्धि यो नै पहिलो हो । आरबीएका गभर्नर फिलिप लोवेले मुद्रास्फीति अपेक्षाभन्दा छिटो बृद्धि भए पनि बेरोजगारी कम हुने र ज्याला वृद्धिमा सुधार हुने बताउनुभएको छ ।

अष्ट्रेलियामा आमचुनावको तयारी हुदै गर्दा ब्याजदर वृद्धि हुँदा ऋणको ब्याज पनि बढ्ने र यसले घरायसी बजेटमा थप दबाब बढ्ने आकंलन भैरहेको छ । चुनावको मुखमा गरिएको ब्याजदर बृद्धीलाई आम नागरिकले भने भारका रुपमा अथ्र्याएका छन् । पछिल्लो २१ वर्षमा उच्च मुद्रास्फीति ब्यहोरिरहेको अष्ट्रेलियामा मुद्रास्फिति ५ दशमलव १ प्रतिशत पुगेको छ ।


ट्याग : #Australia, #australia election 2022, #interest rate, #Reserve Bank of Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ