Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalचर्चित युवा नेतृ रञ्जु दर्शनाले गरिन विवाह, अबको योजना राजनीति कि व्यवसाय ?

चर्चित युवा नेतृ रञ्जु दर्शनाले गरिन विवाह, अबको योजना राजनीति कि व्यवसाय ?


काठमाडौं । विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक समेत रहेकी चर्चित नेतृ रञ्जु दर्शना विवाह बन्धनमा बाँधिनुभएको छ । दर्शनाले बुधबार किशु कुइँकेलसँग विवाह गर्नुभएको हो ।

गत फागुनमा दर्शना र कुइँकेलबीच इन्गेजमेन्ट भएको थियो । झण्डै साढे चार वर्ष विवेकशील साझामा आबद्ध भएकी दर्शन पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनदेखी निरन्तर चर्चामा थिइन । २०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौं महानगरको मेयरमा उठेर तेश्रो बनेकी थिइन ।

रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र विवेकशील बीच एकिकरण भएर विवेकशील साझा पार्टी बनेपछि चुलिएको विवादका कारण दर्शनाले पार्टीबाट राजीनामा दिएकी थिइन् । उनी अहिले कुनै पनि राजनीतिक अभियानमा जोडिएकी छैनन । विवाहपछिको योजना बारे समेत केही खुलाउनुभएको छैन ।


ट्याग : #काठमाडौं महानगरको मेयर, #किशु कुइँकेल, #रञ्जु दर्शना, #रविन्द्र मिश्र, #विवेकशील साझा पार्टी
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ