Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविवाहको ११ दिनमै श्रीमान छाडेर अमेरिका उडिन नायिका केकी अधिकारी, कारण यस्तो !

विवाहको ११ दिनमै श्रीमान छाडेर अमेरिका उडिन नायिका केकी अधिकारी, कारण यस्तो !


काठमाडौं । कुनैपनि विवाहित जोडिको चाहाना हुन्छ, विवाहपछि बढीभन्दा बढी समय एकसाथ बिताउन पाइयोस् । यसैका लागि हनिमुनको प्रचलनले ब्यापकता पाइरहेको छ । तर सबैले विवाहपछि निकालेर लामो समय सँगै रहने शौभाग्य पाउँदैनन् ।

हो, यस्तै भएको छ नायिका केकी अधिकारीको हकमा पनि । हनिमुन मनाउन नभ्याउँदै श्रीमानसँग केही दिनका लागि छुट्टिनु परेको केकी बताउनुहुन्छ । विवाहको ११ दिनमै केकी एउटा कार्यक्रमका लागि भन्दै अमेरिका पुग्नुभएको छ । नव विवाहित श्रीमानलाई छोडेर केकी अमेरिका हानिने क्रममा निरास जस्तो बन्नुभएको थियो । अमेरिकामा आयोजना हुन गइरहेको मेरो डान्स कप युएसए र मेरो भ्वाइस कप यूएसका लागि अमेरिका पुग्नुभएकी केकीले यात्राका क्रममा श्रीमानलाई मिस गरिरहेको बताउनुभएको छ ।

केकीलाई यो यात्रामा बेस्ट फ्रेन्ड रिमा विश्वकर्मा साथमा रहेकाले एक्लो महसुस भने भएको छैन । अमेरिका उड्ने क्रममा केकीलाई श्रीमान् रोहित तिवारी आफैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएर बिदाई गर्नुभएको थियो । गलामा मंगलसुत्र र आँखमा कालो चस्मा लगाएकी केकी निकै खुलेकी थिइन् । अमेरिकाबाट फर्केपछि आफ्नो विवाहको कथा मिडियालाई सेयर गर्ने बताउँदै केकी बाहिरिनुभएको थियो ।

केकीले गत वैशाख ९ गते प्रेमी रोहितसँग सुटुक्क बिहे गरेकी थिइन् । बिहेमा रिमाबाहेक अरू सेलिब्रिटीको उपस्थिति थिएन । केकी रोहितको प्रेम सम्बन्ध बारे नै धेरै कलाकार अनविज्ञ रहँदैआएका छन् । बिहेको भोलिपल्टैबाट केकी विश्रामबिना काममा फर्केको बताउनुहुन्छ । हनिमुनलाई भन्दा आफ्नो करिअरलाई नै प्राथमिकतामा राखिरहेकी केहीले अमेरिकाबाट फर्किएपछि के सार्वजनिक गर्नेहुन ? सबैले प्रतिक्षा गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ