Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalअब सर्बियामा नेपालका मेनपावर कम्पनीले श्रमिक पठाउन पाउने !

अब सर्बियामा नेपालका मेनपावर कम्पनीले श्रमिक पठाउन पाउने !


काठमाडौं । अब नेपालबाट वैदेशिक रोजगारीका लागि सर्बिया जान पाइने भएको छ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्बियाका लागि पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति दिएसँगै नेपाली श्रमिक जान पाउने भएका हुन् ।

मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशित गर्दै मेनपावर कम्पनीहरुले नै सर्बियामा श्रमिक पठाउन पाउने व्यवस्था गरेको छ । सरकारले अहिलेसम्म ११० भन्दा बढी देशमा श्रमिक पठाउन खुला गरिसकेको छ । यी मध्ये धेरैमा नेपाली श्रमिकले सहज रुपमा जान पाउने अवस्था देखिएको छैन ।

सर्बिया दक्षिणपूर्वी युरोपको भूपरिवेष्ठित राष्ट्र भएकाले यहाँ रोजगारीमा जानेहरुको आकर्षण बढ्ने आँकलन गरिएको छ । यो उच्च मध्यम आय भएको युरोपकै सुन्दर राष्ट्रहरु मध्ये एक हो । Photo : worldwide-tax.com/



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ