Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा सैन्य बलिदानीको स्मरण, यसरी मनाइदैछ “Anzac Day”

अष्ट्रेलियामा सैन्य बलिदानीको स्मरण, यसरी मनाइदैछ “Anzac Day”


ब्रिजबेन । अष्ट्रेलियामा आज विभिन्न कार्यक्रमसहित सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकाहरुको सम्झनामा “Anzac Day” मनाइदैछ । अष्ट्रेलियामा सेवा गर्ने क्रममा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकाहरु प्रति सम्मान प्रकट गर्न अप्रिल १५ मा एन्जाक डे मनाउँदैआइएको हो ।

कोभिड–१९ महामारीले २०२० र २०२१ को एन्जाक डे का सबै कार्यक्रहरु प्रभावित भएका थिए । दुई वर्षपछि आज पहिलो पटक अष्ट्रेलियाली नागरिकको उल्लेखनिय सहभागितामा प्रभातफेरी कार्यक्रम सम्मपन्न भएको छ । आजभन्दा १०७ वर्षअघि पहिलो विश्वयुद्धमा अस्ट्रेलिया र न्युजिल्यान्डका सैनिक टर्कीको ग्यालिपोली प्रायद्वीपमा अवतरण गरेर एन्जाकहरूलाई आठ महिना पछि पराजित गरेको हादुरी सैन्य बलिदानको स्थायी प्रतीकका रुपमा एन्जाक डे ले निरन्तरता पाउँदैआएको छ ।

डार्विनको बम विष्फोट, सिंगापुरको पतन र पपुवामा जापानी सेनाहरू विरुद्ध कोकोडा ट्र्याक अभियान सहित दोस्रो विश्वयुद्धको समयमा अस्ट्रेलियाका लागि निर्णायक क्षणहरूको ८० औं वार्षिकोत्सवका रुपमा पनि एन्जाक डे लाई लिने गरिन्छ । पहिलो राष्ट्रिय कार्यक्रम सिडनीको मार्टिन प्लेस सेनोटाफमा अन्जाक सेनाहरू अवतरण भएको दिन April 25, 1915 मा आयोजना गरिएको थियो ।

आज बिहानै क्यानबेराको अष्ट्रेलियाली युद्ध स्मारकमा पुगेर नौसेनासहितका उच्च पदस्थ अधिकारीहरुले माल्र्यापण गरेका थिए । राज्यका लागि योगदान दिने क्रममा ज्यान गुमाएकाहरुको स्मरणमा ब्रिजबेन, सिड्नी, मेलवर्न, क्यानबेरा लगायतका देशका विभिन्न स्थानमा प्रभातफेरीको आयोजना गरिएको थियो ।

प्रमुख एयरक्राफ्टम्यान ट्यारिन रोचले क्यानबेराको अस्ट्रेलियन युद्ध स्मारकमा माल्र्यापर्ण गर्दै एकअर्काप्रतिको प्रतिबद्धता र त्यागबाट अष्ट्रेलियालीका लागि योगदान दिनेहरुले चाहेको बाटोमा आफूलाई समर्पित गर्न सबैलाई सार्वजनिक आह्वान गर्नुभयो । प्रभावतफेरी लगायतका “Anzac Day” समारोहमा हजारौँ नागरिकसहित उच्च पदस्थहरुको उपस्थिति देखिएको छ । Photo: ABC News


ट्याग : #"Anzac Day ", #Australia, #australia "Anzac Day ", #Australian War Memorial in Canberra, #अष्ट्रेलियाली युद्ध स्मारक
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ