Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनयाँ वर्ष २०७९ लाई स्वागत गर्न नेपाली सोसाइटी तास्मनियाले अप्रिल १० मा भब्य कार्यक्रम गर्दै

नयाँ वर्ष २०७९ लाई स्वागत गर्न नेपाली सोसाइटी तास्मनियाले अप्रिल १० मा भब्य कार्यक्रम गर्दै


ब्रिजबेन । नेपाली नयाँ वर्ष २०७९ साललाई धुमधामका साथ स्वागत गर्न नेपाली सोसाइटी तास्मनियाले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ। तास्मनियाका नेपाली समूदायले नयाँ वर्षको अवसर पारी विशेष सास्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

नेपालीहरुलाई एकआपसमा पारिवारिक माहोलका रुपमा एकिकृत गराएर नयाँ वर्षको कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्ने आयोजक संस्थाले जानकारि दिएको छ । नयाँ वर्षको विशेष कार्यक्रममा १२ वर्ष मुनिका बालबालिकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने सो भन्दा माथिकाहरुलाई प्रति व्यक्ति १० डलरको शुल्क निर्धारण गरिएको छ । कला, नृत्य, संगीत, खाना,पेयपदार्थ समेतको व्यवस्था मेलाका रुपमा गरिने बताइएको छ । वर्ष भरी सहयोग गर्ने सामाजिक सथा स्वयमसेवक, मिडिया पार्टनर तथा फोटोग्राफी पार्टनरहरु र प्रायोजकहरुलाई सम्मान स्वरुप प्रमाणपत्र हस्तान्तरण गर्ने समेत तयारी भैरहेको छ ।

नयाँ वर्ष २०७९ को विशेष कार्यक्रम आगामी आइतबार अर्थात् अप्रिल १० तारिखका दिन बेलुकी ४ बजे देखि राती १० बजे सम्म तास्मनियाको मुनाह आर्ट्स सेन्टरमा हुने भएको छ। आपसी सद्भाव, एकता र खुसीका साथ नयाँ वर्ष मनाउनका लागि कार्यक्रममा सहभागी हुन संस्थाले सबैलाई आग्रह गरेको छ। कार्यक्रममा सहभागी जनाउनको लागि जति सक्दो चाडो टिकट बुकिङको लागि सम्पर्क गर्न समेत आयोजकले सबैलाई आग्रह गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ