Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका ६ वटा प्रमुख सहरमा ‘एक्सपर्ट सोनु निगम एकल साँझ’ हुँदै, कहाँ कहिले ?

अष्ट्रेलियाका ६ वटा प्रमुख सहरमा ‘एक्सपर्ट सोनु निगम एकल साँझ’ हुँदै, कहाँ कहिले ?


अष्ट्रेलिया । स्टार एलाइन्स इन्टरटेन्टमेन्ट्सको आयोजनामा यही मे २० देखि अष्ट्रेलियामा ‘एक्सपर्ट सोनु निगम एकल साँझ’ सुरू हुने भएको छ । ‘सिम्फोनी अर्केस्ट्रा रफी किशोर और मे नाम’ दिइएको सोनु निगमको यो सांगीतिक कार्यक्रम अष्ट्रेलियाका ६ वटा प्रमुख सहरमा हुने आयोजकले जाकारि दिएका हुन् ।

एक्सपर्ट एजुकेशनको पारामाटा कार्यालयमा प्रायोजन सम्झौता पत्रमा एक्सपर्टका निर्देशक मन्जित घिमिरे र स्टार एलाइन्सका चिराग पारेख हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै आयोजकले पत्रकार सम्मेलन गरेर आयोजकको तर्फबाट स्टार एलाइन्सका चिराग पारेखले सिड्नी, क्यानबेरा, पर्थ र एडिलेडको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन रहने र ब्रिजबेनमा टाइटल स्पोनसर तथा मेलवर्नमा भिषा पार्टनरका रूपमा रहने जानकारि दिनुभयो । अस्ट्रेलियाका मुख्य ६ सहरमा पहिलो पटक यति ठूलो सांगीतिक कार्यक्रम आयोजना हुन लागेको बताउँदै आयोजकले यसका लागि कुल १३ लाख अष्ट्रेलियन डलर बजेट छुट्याएको छ ।

सोनु निगम एकल साँझका लागि निकै ठूलो अर्केस्ट्रा टोली समेत भारतबाट अस्ट्रेलिया आउने बताइएको छ । एक्सपर्ट सोनु निगम लाइभ कन्सर्टको सुरूआत भने २० मेमा ब्रिसबेनबाट हुनेछ । यसपछि मे २१ मा सिड्नीको हिलसङ कन्भेन्सन सेन्टरमा, मे २८ मा मेलवर्न, मे २९ मा क्यानबेरा तथा एडिलेडमा जुन ४ र पर्थमा जुन ५ मा अन्तिम सांगीतिक कार्यक्रम हुने मिति तय भएको छ । कार्यक्रमका बजार व्यवस्थापक मन्जित चोपराले कोभिडको लामो बन्दपछि पहिलो पल्ट चर्चित भारतीय गायक अस्ट्रेलिया भ्रमणमा आउन लागेको र यसले सबैलाई उत्साहित बनाएको बताउनुभएको छ ।

कार्यक्रममा एक्सपर्टले प्रोमो कोडमार्फत् टिकटमा दश प्रतिशत छुट तथा विद्यार्थीकाका लागि आकर्षक निःशुल्क टिकटको प्रतिस्पर्धा समेत गराउने भएको छ । यसमा दुई लक्की विजेताले कार्यक्रममा निःशुल्क प्रवेशसँंगै सोनु निगमसँग भेटको अवसर समेत पाउने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ