Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल आइडल सिजन–४ को विजेता बने भैरहवाका भूपेन्द्र थापा

नेपाल आइडल सिजन–४ को विजेता बने भैरहवाका भूपेन्द्र थापा


काठमाडौं । भैरहवाका भूपेन्द्र थापा नेपाल आइडल सिजन–४ को विजेता बन्न सफल भएका छन् । एपी वान च्यानलबाट प्रसारित गायन प्रतिभा चौथो संस्करण नेपाल आइडलमा टप ५ मा पुगेका भूपेन्द्र सबैभन्दा बढी मतसहित विजेता बन्नुभएको हो ।

भुपेन्द्रसँगै ५ प्रतिस्पर्धी भोट कम आएसँगै उपाधी होडबाट बाहिरिएका थिए । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा थापा चौथो संस्करणको सर्वोत्कृष्ट भई उपाधि चुम्न सफल भएसँगै ३० लाख रुपैयाँ नगद र ट्रफीसहित विभिन्न स्पोन्सरबाट पुरस्कृत भएका छन् । टप पाँचमा परेपछि थापा भोटको अपिलका लागि गत साता भैरहवा पुग्नुभएको थियो । भैरहवास्थित सनसाइन स्कुल पढ्नुभएका उहाँलाई स्कुल र स्थानीयले सपोर्ट गरेर नै उपाधि दिलाएको आँकलन गरिएको छ ।

यस्तै प्रतियोगिताको फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् । झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौँमा मात्रै सिमित भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ