Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया सेमिफाइलनमा

भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया सेमिफाइलनमा


एजेन्सी, काठमाडौं । भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइलनमा स्थान सुरक्षित गरेको छ । न्युजिल्याण्डको अकल्याण्डमा भारतले दिएको दुई सय ७८ रनको लक्ष्य अष्ट्रेलियाले ३ बल बाँकी छँदै चार विकेट गुमाएर भेटाएको हो ।

अष्ट्रेलियाको लागि मेग लानिङले ९७ र अल्यसा हेलीले ७२ रन बनाए । रचइएल हेन्सले ४३ रन बनाउँदा हेन्स र हेलीले एक सय २१ रनको साझेदारी खेले। बलिङतर्फ भारतका पूजा वास्त्रकरले २ विकेट लिइन् । यो खेलसँगै अष्ट्रेलियाले महिला एकदिवसीय विश्वकपमा अहिलेसम्मकै धेरै रनको लक्ष्य पछ्याउने इतिहास समेत रचेको छ ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले सात विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो । विश्वकपमा अष्ट्रेलियाले अपराजित रहँदै पाँच खेलमा १० अंकसहित सेमिफाइलनमा स्थान पक्का गरेको छ । भारत भने पाँच खेलमा चार अंकसहित चौथो स्थानमा रोकिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ