Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीको हार्बर ब्रिज ९० वर्ष पुग्यो

सिड्नीको हार्बर ब्रिज ९० वर्ष पुग्यो


सिड्नी/अष्ट्रेलियाकै आइकनिक पुल सिड्नीको हार्बर ब्रिजको आयु ९० वर्ष पुगेको छ । सन् १९३२ मार्च १९ का दिन यो पुलको उद्घाटन भएको थियो । सन् १९२३ जुलाईमा निर्माण सुरु भएको यो पुल बनाइसक्न ९ वर्ष लागेको थियो । यस पुलले सिड्नीको उत्तरी भेगलाई मुख्य शहरी क्षेत्रसंग जोड्ने काम गर्छ ।

यस पुलको निमार्णपछि सिड्नीको यातायात सेवा निकै सहज भएको थियो । सन् २००७ मा यस पुललाई राष्ट्रिय सम्पदा सुचिमा समेत राखिएको छ । काठको डुंगा आर्कको स्वरुप हार्बर ब्रिजको निर्माण भएको छ ।

स्टिलबाट बनेको यो भिमकाय पुलको डिजाइन र निमार्ण बेलायतको डोरम्यान लङ अफ मिडलब्रफले गरेको हो । ११ सय ४९ मिटर लामो पुलमा ८ वटा लेनहरु छन् । ती मध्ये ६ वटा लेन सवारी साधान आवातजावतका लागि हुन भने बाकी दुई रेल सेवाका लागि प्रयोग भइरहेको छ ।
सिड्नीको ओप्रा हाउस नजिकै पर्ने यस पुललाई सिड्नीको मात्र नभई सिंगो अष्ट्रेलियाकै पहिचानको रुपमा हेर्ने गरिएको छ । नयाँ वर्षमा यसै पुलमा हुन फायर वक्र्स त संसारमै चर्चित छ । हिजोआज त हार्बर ब्रिज चढ्न समेत पाइन्छ ।


ट्याग : #sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ