Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपोल्यान्डकी क्यारोलिना बेलावस्काले जितिन यस वर्षको विश्व सुन्दरी ताज

पोल्यान्डकी क्यारोलिना बेलावस्काले जितिन यस वर्षको विश्व सुन्दरी ताज


एजेन्सी, काठमाडौं । यस वर्षको विश्व सुन्दरी ताज पोल्यान्डकी क्यारोलिना बेलावस्काले जितेकी छिन् । ४० जना प्रतिस्पर्धीलाई पछि मार्दै बेलावस्काले उपाधि जितेकी हुन् ।

आज बिहान अमेरिकामा भएको ७०औँ संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमार्फत बेलावस्का विजेता घोषित भएकी हुन् । विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी पोल्यान्डकी क्यारोलिना बेलावस्काले अहिले स्नातकोत्तर गर्दैछिन् । आयोजकका अनुसार पीएचडी गर्ने उनको योजना रहेको छ । मोडलिङ समेत गरिसकेकी उनी पछिल्लो समय कलाकारितामा जम्न थालेको बताइएको छ ।

यस्तै, अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप भएका छन् । यस्तै, ब्युटी विथ पर्पसको उपाधि अमेरिकाले जितेको छ । मिस नेपाल नम्रता श्रेष्ठ भने अन्तिम १२ मा छनौट हुनबाटै रोकिएकि छिन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ