Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रकाश सपुतको गीत ‘पीर’ युट्युब ट्रेनिङसँगै बिवादमा, माओवादीको किन आपत्ति ?(भिडियोसहित)

प्रकाश सपुतको गीत ‘पीर’ युट्युब ट्रेनिङसँगै बिवादमा, माओवादीको किन आपत्ति ?(भिडियोसहित)


काठमाडौं । युट्युबमा यसै साता सार्वजनिक भएर सर्वाधिक हेरिएको प्रकाश सपुतको गीत ‘पीर’लाई लिएर अहिले पनि विवाद सिर्जना भैरहेको छ । भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको गायक सपुतले प्रष्टीकरण दिदैगर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले भने आपत्ति जनाउँदैआएको छ ।

माओवादी वृत्तबाट चर्को आलोचना
गायक प्रकाश सपुतको गीतबाट सबैभन्दा बढी सत्तारुढ नेकपा माओवादी केन्द्र चिढिएको छ । धेरैजसो माओवादी कार्यकर्ता गीतविरुद्ध खनिएका छन् । माओवादी केन्द्र सम्बद्ध चार भातृ संगठनले त आइतबार बेलुका संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई तत्काल युट्युबबाट हटाउनुपर्ने अडान राखेका छन् । सोमबार धनगढी पुग्नुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने ‘पीर’ गीतको विषयलाई लिएर धेरै आवेगमा आउनुनपर्ने प्रतिक्रिया दिनुभयो । मुख्यतः माओवादी नेताहरुले गीतभन्दा पनि त्यहाँ समावेश गरिएको पूर्वछापामार महिला देहव्यापारमा संलग्न भएको दृश्यप्रति आपत्ति जनाउँदैआएका छन् । गीतमार्फत पूर्वमाओवादी लडाकुको अपमान गरेको आरोप गायक सपुत माथी लाग्दैगर्दा प्रतिक्रियामा माओवादी ‘जनयुद्ध’लाई लिएर सार्वजनिक सञ्चारमाध्यममा समेत टीकाटिप्पणी हुँदै आएका विषयवस्तुलाई गीतमा चित्रण गरिएको जवाफ फर्काइएको छ । चुनावको मुखमा माओवादीविरुद्ध षड्यन्त्र गर्न उकासिएको आरोप समेत गायक सपुतविरुद्ध लगाएको छ ।

पूर्वछापामार युवा युवतीको अहिलेको जीवनयापन, उनीहरुको बैखासीबाट नेता बनेकाहरुले मन्त्री एवंम उच्च पदमा पुगेर गर्नेगरेका व्यवहार र शैलीसँगै पूर्वछापामार युवती बाच्नकै लागि बिदेशिनुपरेको, देहव्यापारमा संलग्न भएको दृश्यलाई गीति नाटकको शैलिमा उतारिएको छ । बिवादमा तानिएको देहव्यापारको एउटा दृश्यलाई प्रतीकात्मक रुपमा राखिएको र कसैको आत्मसम्मानमा ठेस पुग्न सक्ने महसुस गर्दै यसमा आत्मालोचना गर्छु, भन्दै गायक सपुत आफैले माफी मागेका छन् ।

सपुतको संगीत र स्वर रहेको ‘पीर’ गीतलाई यो समाचार तयार पार्दासम्म ४२ लाख ८० हजारभन्दा बढी पटक हेरिएको छ भने युट्युब ट्रेन्डिङको शीर्षस्थानमा कायम रहँदैआएको छ । सर्वाधिक चासोका साथ यो गीत हेरिने र चर्चा पाउने क्रमले निरन्तरता पाउँदा अनेकन टिका टिप्पणी भैरहेका छन् ।

 


ट्याग : #गीत ‘पीर’, #पुष्पकमल दाहाल प्रचण्ड, #पूर्वछापामार युवा युवती, #प्रकाश सपुत
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ