Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनायिका पुजा शर्माले सार्वजनिक गरिन नयाँ प्रेमी, यस्तो रहेछ प्रेम कहानी !

नायिका पुजा शर्माले सार्वजनिक गरिन नयाँ प्रेमी, यस्तो रहेछ प्रेम कहानी !


काठमाडौं । आफ्नो चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हिट भएसँगै नायिका पुजा शर्माले नयाँ प्रेमी सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमा युद्ध बानियासँगका रोमान्टिक तस्वीरहरु सेयर गर्दै नायिका शर्माले प्रेमको स्वीकारोक्ति जाहेर गरेकी हुन् ।

यस्तो छ प्रेम कहानी

करिब एक वर्षदेखि पुजा र युद्धबीचको प्रेम रहेको बताइएको छ । कोरोनाका कारण चलचित्रका गतिविधिहरु न्युन भएकाले उनीहरुलाई प्रेम गर्न प्रशस्त समय मिलेको थियो भने अब उनीहरु प्रेमलाई विवाहमा परिणत गर्ने योजनामा जुटेको पुजाका हितैसीहरु बताउँछन् । हेटौंडा निवासी व्यवसायी युद्ध फिटनेसमा रुची राख्ने व्यक्ति हुन् । फिटनेससँग सम्वन्धित सामानहरु विक्री गर्ने बटरबक्स नेपाल नामको कम्पनीका मालिक उनी बेलामौकामा मोडलिङमा पनि देखिने गरेका छन् । युद्धभन्दा अघि नायक आकाश श्रेष्ठसँग नजिकिएकी पुजा एकाएक कसरी मोडिइन त धेरैले चासो राख्दैआएका छन् । युद्धसित नजिकिन थालेपछि आकाशसँग उनको सम्वन्ध बिग्रिएको थियो । कुनै समयको निकै चर्चित जोडीका रुपमा रहेका आकाश र पुजा आजकाल एक–अर्कासँग तर्किएर हिँडिरहेका छन् । आकाशभन्दा अगाडि पुजाको प्रेम सुदर्शन थापासँग रहेको चर्चा चलेको थियो । तर सुदर्शनले हालै अर्की युवतीसँग विवाह गरेपनि यो हल्ला आफै सामसुम भएको थियो ।

नयाँ प्रेमीसँग भने पुजाले विवाह नै गर्ने सोचेसहित सम्बन्ध राखेको निकटस्थहरु बताउँछन् । दुवैले प्रेम र भावि योजना बारे स्पष्ट धारणा सार्वजनिक नगरेपनि चाँडै ईंगेजमेन्ट हुन सक्ने आँकलन गरिएको छ । तस्वीर सेयर गर्ने क्रममा पुजाले ‘यु आर द वान’ भन्दै युद्धलाई प्रेमीका रुपमा चिनाएकी छन् । केही दिनअगाडि मात्रै पनि उनले आफूलाई कठिन समयमा साथ दिएको भन्दै युद्धप्रति आभार व्यक्त गरेकी थिइन् ।यतिबेला पल शाह प्रकरणलाई लिएर पुजा विवादमा तानिएका छिन । पल शाहको बचाउमा खुलेआम अभिव्यक्ति दिने काम गरेपछि उनलाई केही नायिकाहरुले आफ्नो फ्रेन्ड लिस्टबाटै हटाएको चर्चासमेत सिने क्षेत्रमा चलेको छ । यस्तो बेला युद्धले पनि पुजालाई बलियो साथ दिइरहेका छन् । उनी हेटौडामा म यस्तो गीत गाउँछु को प्रदर्शन हुँदा पुजासँगै उपस्थित भएका थिए ।

फ्यानहरुको कौतुहलता पुजाले केही मेटाएकी छिन भने अबका दिनमा विभिन्न युट्यूव च्यानलमा पुजा र युद्धको प्रेम र योजनासहितको अन्तरवार्ता सार्वजनिक हुन सक्ने आँकलन सिने जगतमा भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ