Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयुट्युब च्यनलविरुद्ध किन दिइन रेखा थापाले साइबर व्यूरोमा जाहेरी ?

युट्युब च्यनलविरुद्ध किन दिइन रेखा थापाले साइबर व्यूरोमा जाहेरी ?


काठमाडौं । अभिनेत्री एवंम राप्रपाकी नेतृ रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी दर्ता भएको छ । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएको व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारि दिनुभएको हो ।

ब्यूरोले उजूरीसँगै ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार समेत गरेर विवरण मागेको छ । पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ ।

पछिल्लो समय पारिवारिक कलह, कलाकारहरुका विभिन्न स्क्याण्डल लगायतका समाग्री राखेर कमाउने होड युट्युबहरुमा चल्दैआएको छ । पत्रकार आचारसंहिता, सामाजिक मर्यादा र मूल्यमान्यता लत्याएर कमाउनेहरुले भिडियो सामाग्री बनाउने र प्रशारण गर्ने नाममा गरिरहेको मनोमानी रोक्न सरकारमाथी समेत दबाब परिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ