Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजबरजस्ती करणीको अभियोग लागेका अभिनेता शाहले गरे प्रहरी समक्ष आत्मसमर्पण !

जबरजस्ती करणीको अभियोग लागेका अभिनेता शाहले गरे प्रहरी समक्ष आत्मसमर्पण !


काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहले आज प्रहरी समक्ष आत्मसमर्पण गर्ने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहले ‘आज प्रहरीसामु आफैं उपस्थित हुने’ जानकारि गराएका हुन् ।

जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाह पक्राउ परेका छन् । फेसबुक स्ट्याटस राखेको केही बेरमै जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरीले पल शाहलाई पक्राउ गरेको हो । करिब एक घण्टा अघिमात्रै अभिनेता पल शाहले आज प्रहरी समक्ष आत्मसमर्पण गर्ने सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जानकारि गराएका थिए ।

फागुन ११ मा एक नावालिक गायिकाले जिल्ला प्रहरी कार्यालय, तनहुँमा शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेपछि उनी फरार भएका थिए । ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु–२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’ शाहले फेसबुकमा लेखेका छन् ।

एउटा म्युजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबरजस्ती करणी गरेको अभियोगसहितको उजूरी परेपछि प्रहरीले शाहलाई खोजि गरिरहेको छ । प्रहरीले शाहलाई नभेटाएपछि फिल्मका निर्देशकसहितको टिमलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गर्न थालेपछि फेसबुकमा यस्तो स्ट्याटस आएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ