Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentपल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्माता थापालाई किन पक्राउ गरेर छाडियो ?

पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्माता थापालाई किन पक्राउ गरेर छाडियो ?


काठमाडौं । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापा पक्राउ परेर छुटेका छन् । प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै निर्देशक थापालाई प्रहरीले नियन्त्रणमा लिएर केही समयको सोधपुछपछि छाडेको हो ।

बानेश्वर प्रहरी वृत्तले थापालाई पल शाह र नावालिका गायीका काण्ड बारे सोधपुछका लागि भन्दै नियन्त्रणमा लिइएको थियो । प्रहरीले सो चलचित्रकी नायिका पुजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारी गरिरहेको छ । नावालिका बालिकाले बलात्कारकको उजुरी गरेपछि अहिले शाह प्रहरी नियन्त्रणमा रहेपनि पक्राउ बारे कुनै जानकारि नदिएको चर्चा चलिरहँदा प्रहरी भने पल खोजिरहेको बताइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ