Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाको तास्मानिया, पर्थ र डार्बिनमा विद्यार्थीका लागि निशुल्क एयरपोर्ट पिकअप

अष्ट्रेलियाको तास्मानिया, पर्थ र डार्बिनमा विद्यार्थीका लागि निशुल्क एयरपोर्ट पिकअप

फोन नम्बर सहित


ब्रिजवेन/ अष्ट्रेलियाको सिमाना खुले संगै गैरआवासिय नेपाली संघले नयाँ आएका विद्यार्थीका लागि निशुल्क एयरपोर्ट पिकअपको सेवा सुरु गरेको छ । तास्मानियाबाट सुरु भएको यो सेवा अहिले डार्बिन र पर्थमा समेत सुरु भइसकेको छ । आफन्त, साथीभाई नभएका तथा विमानस्थलमा लिने आउने कोही छैन भने विद्यार्थीले तोकिएको नम्बरमा फोन गरेर सेवा बुक गर्न सक्दछन् । जसका लागि एनआरएनएको राज्य समितिको आधिकारिक फेसबुक पेजमा विवरण र फोन नम्बर राखिएको छ । तपाई जुन राज्यमा आउने हो त्यहाँको एनआरएनएको फेसबुक पेजमा गएर नम्बर र विवरण लिन सक्नुहुन्छ ।

पर्थमा एयरपोर्ट पिकअपका लागि ७ जना स्वयमसेवी खटिन थालेका छन् । नयाँ विद्यार्थीलाई अलपत्र हुन नदिन यस्तो सेवा सुरु गरेको एनआरएनए डब्लुएका संयोजक दीपक बस्नेतले जानकारी दिनुभयो । केही दिन अघि आफै दुइ जना विद्यार्थीलाइ पिकअप गर्न गएको अनुभव साट्दै बस्नेतले यस्तो सेवाले विद्यार्थी र एनआरएनएबिच सुमधुर सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो ।

त्यस्तै नर्दन टेरिटोरीको डार्बिन आउने नयाँ विद्यार्थीलाई पिकअप गर्न पनि चार जनाको टिम तयार भएको छ । एनआएनए नर्दन टेरिटोरी युथ फोरमले यो सेवा सुरु गरेको हो ।

डार्बिन आउनु केही दिन अगाडी सम्पर्क गरेर समय बुक गर्न पनि सुचना जारी गरिएको छ । नयाँ आउनेहरुलाई विमानस्थलबाट कसरी ट्याक्सी लिने, सार्वजनिक यातायात कसरी चढ्ने तथा राइड सेयर बुक गर्न पनि समस्या हुने भएकाले एनआरएनएले सुरु गरेको यो सेवा प्रभावकारी देखिन्छ । यसअघि स्थानिय केही युवाहरुले सिड्नी, मेलवर्न र ब्रिजवेन जस्ता शहरमा यस्तो सेवा दिएपनि यसपाली भने एनआरएनए राज्य समितिले सेवा सुरु गरेको हो ।

तर, यत्ति महत्वपुर्ण सेवा भने केन्द्रले नभई राज्य राज्यले आफै सुरु गरेका हुन् । यस विषयमा एनआरएनए अष्ट्रेलियाको केन्द्रिय समितिले निर्णय गरेर सबै राज्य र टेरिटोरीमा सुरु गर्नुपर्ने देखिन्छ ।

 


ट्याग : #airport pick up, #Australia, #student
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ