Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्युजिल्याण्डले अक्टोबरमा मात्रै विद्यार्थीका लागि सिमा खोल्ने, यस्ता छन् ५ चरण

न्युजिल्याण्डले अक्टोबरमा मात्रै विद्यार्थीका लागि सिमा खोल्ने, यस्ता छन् ५ चरण


ब्रिजवेन/ नेपाली विद्यार्थीका लागि एसिया प्रशान्त क्षेत्रमा अष्ट्रेलियापछि न्युजिल्याण्ड राम्रो शैक्षिक गन्तव्य बन्दै आएको छ । तर, कोभिडका कारणले झण्डै २ वर्षदेखि सिमा बन्द हुदा सयौं नेपाली विद्यार्थी न्युजिल्याण्ड आउन पाएका छैनन् । नेपाली लगायत विदेशी विद्यार्थीहरुले न्युजिल्याण्ड आउन अझै ८ महिना कुर्नुपर्ने भएको छ ।

न्युजिल्याण्ड सरकारले सिमा खोल्नका लागि सार्वजनिक गरेको ५ चरण अनुसार विदेशी विद्यार्थीका लागि आगामी अक्टोबरमा मात्रै सिमा खुल्ला गर्ने उल्लेख । ५ चरणको अन्तिममा मात्रै विद्यार्थी र पर्यटक भिषावालालाई आउन दिने तयारी छ । तर, अप्रिल १२ तारिखपछि भने ५ हजार विदेशी विद्यार्थीलाई आउन दिने न्युजिल्याण्ड सरकारको तयारी छ । अन्तराष्ट्रिय विद्यार्थीबाट न्युजिल्याण्डले वार्षिक ५ विलियन डलरको आम्दानी गर्दै आएको छ । त्यस्तै यस क्षेत्रले मात्रै न्युजिल्याण्डमा ४५ हजार रोजगारी सृजना गर्दै आएको छ ।

लामो समयदेखि विद्यार्थीका सिमाना कहिले खुल्छ भन्ने एकिन नहुदा समस्या झनै थपिएको थियो । तर, ढिलै भएपनि न्युजिल्याण्डले स्पष्ट मिति घोषणा गरेकाले शैक्षिक क्षेत्रका सरोकारवालाले यसलाई स्वागत गरेका छन् । यद्धपी अष्ट्रेलिया, वेलायत र क्यानाडाले विद्यार्थीका लागि सिमा खुल्ला गरिसकेकाले न्युजिल्याण्डले ढिला गरि सिमाना खोल्दा विद्यँर्थी गुमाउने डर पनि उत्तिकै छ ।

सिमा खोल्ने ५ चरण यस्ता छन्

चरण १-  फेब्रुअरी २७, २०२२ बाट पुर्ण खोप लगाएका न्युजिल्याण्ड नागरिक र पिआरवाला अष्टे्रेलियाबाट फर्कन पाउने

चरण २ – मार्च १३, २०२२ पुर्ण खोप लगाएका नागरिकहरु संसारको सबै ठाउबाट स्वदेश फर्कन पाउने । यस चरणमा वर्किङ्ग होलि डे भिषा र दक्ष कामदार पनि आउन पाउने ।

चरण ३-  अप्रिल १२, २०२२, यस चरणमा ५ हजार विदेशी विद्यार्थीलाई आउन दिने

चरण ४-  जुलाई २०२२ देखि पुर्ण खोप लगाएका अष्ट्रेलियन र भिषा नलाग्ने पर्यटकका लागि सिमा खुल्ला हुन सक्ने ।

चरण ५-  अक्टोबर २०२२ देखि विदेशी विद्यार्थी र पर्यटक तथा अन्य भिषावहाकका लागि सिमा खुल्ला गरिने ।


ट्याग : #Australia, #international student, #new zealand border
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ