Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा कारको ठक्करबाट घाइते नेपाली विद्यार्थीका लागि उठ्यो ४१ हजार डलर

सिड्नीमा कारको ठक्करबाट घाइते नेपाली विद्यार्थीका लागि उठ्यो ४१ हजार डलर

बुवा र दिदि सिड्नी आउदै


सिड्नी/ सिड्नीको ग्रान्भिलमा कारले ठक्कर दिएपछि गम्भीर घाइते भएकी नेपाली विद्यार्थीका लागि गो फण्डमी मार्फत ४१ हजार ३ सय डलर सहयोग संकलन भएको छ ।
२१ वर्षिय सुष्मिता लामालाई गत जनवरी २२ तारिखमा काम जाने क्रममा बाटो काट्दा बिहान ५ बजेतिर कारले ठक्कर दिएको थियो । टाउको र स्पाइनलमा गम्भीर चोट लागेर आइसियुमा उपचार भइरहेको सुष्मिताका लागि सिड्नीकी शैक्षिक परामर्शदाता रोशनी श्रेष्ठले गो फण्डामी मार्फत सहयोग संकलन सुरु गर्नुभएको हो ।

नेपालट्युबमा समाचार प्रकाशन र प्रशारण भएपछि सहयोगीको लर्को लागेको थियो । समाचार प्रशारण भएको पहिलो १२ घण्टामै ३० हजार डलर संकलन भएको थियो । सुरुमा २० हजार डलर उठाउने लक्ष्य राखिएपनि हेरचाहका लागि नेपालबाट आफन्त बोलाउनुपर्ने, लामो समयसम्म उपचार गर्नुपर्ने र काम समेत गर्न नसक्ने भएकाले ४० हजार उठाउने तय भएको थियो । रकमको लक्ष्य पुग्दासम्म १५ सय भन्दा बढीले सहयोग गरेका छन् । लक्ष्य अनुसारको सहयोग रकम संकलन भएपछि, सुष्मिताको गोफण्डमी अकाउण्ड होल्ड गरेर थप सहयोग गर्न नमिल्न बनाइएको छ ।

सुष्मिताको अझै पनि आइसियुमै उपचार भइरहेको छ । सुष्मिताको बुवार दिदि नेपालबाट आउने तय भएको छ । बुवाको भिषा लागिसकेको छ भने दिदिको लाग्न बाकी रहेको रोशनीले जानकारी दिनुभयो । रोशनीको अवस्थामा मलम पट्टी लगाउन सहयोग गर्ने सबैलाई रोशनीले धन्यवाद दिनुभयो । एकजनालाई दुख पर्दा सिंगो समाज एकजुट भएको देख्दा निकै खुसी लागेको समेत रोशनीले बताउनुभयो ।

उठेको सहयोग पारदर्शी तरिकाले खर्च गरिने र विवरण समेत सार्वजनिक गरिने रोशनीको भनाई छ । सहयोग संकलन गर्ने सिड्नीको तामाङ्ग समुदायले समेत सहयोग गरेको थियो । काठमाडौंकी बासिन्दा सुष्मिता गत डिसेम्बर २१ तारिखमा सिड्नी आउनु भएको थियो ।

यो पनि पढ्नुस्

सिड्नीमा कारको ठक्करबाट गम्भीर घाइते नेपाली विद्यार्थीका लागि सहयोग संकलन सुरु « Nepal Tube Australia


ट्याग : #road accident in sydney, #sushmita lama, #sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ