Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा मोटरसाइकल दुर्घटनामा परि नेपाली विद्यार्थीको निधन, शव पठाउन सहयोग संकलन सुरु

सिड्नीमा मोटरसाइकल दुर्घटनामा परि नेपाली विद्यार्थीको निधन, शव पठाउन सहयोग संकलन सुरु


सिड्नी/  सिड्नीको लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा हुदा एक नेपाली युवकको निधन भएको छ । दुर्घटनामा परि २४ वर्षिय अशिम थपलियाको ज्यान गएको हो ।
घरबाट डेढ सय मिटर पर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै अशिमका नातेदार उमेश मानन्धरले नेपालट्युबलाई जानकारी दिनुभयो ।
अष्ट्रेलियाको डेको दिन जनवरी २६ तारिख राति साढे १० बजे तिर दुर्घटना भएको हो ।

अशिमको शव नेपाल पठाउने तयारी भइरहेको छ । सन् २०१६ मा आइटी पढ्न आएका अशिमको स्थाई घर काठमाडौंको चावहिलको हो । हाल अशिम टिआर भिषामा हुनुुहुन्थ्यो । नेपालमा बाआमाले नै अन्तिम संस्कार गर्ने भएकाले शव नेपाल पठाउन लागिएको मानन्धरले जानकारी दिनुभयो । शव पठाउनका लागि अशिमका छिमेकी राजेश तिमिल्सिनाले गो फण्ड मिमार्फत सहयोग संकलन गरिरहनु भएको छ । तपाई पनि सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोस् ।
अशिम निकै मिलनसार र असल व्यक्ति भएको छिमेकी राजेशले बताउनुभयो । एक्लो छोराको निधन पछि बावुआमामाथी निकै ठुलो बज्रपात परेको राजेशले बताउनुभयो ।
जनवरी २२ तारिखमा सिड्नीकै ग्रँनभिलमा बाटो काट्ने क्रममा कारले ठक्कर दिदा २१ वर्षिय नेपाली विद्यँर्थी सुष्मिता लामा गम्भीर घाइते हुनु भएको छ । सडकमा सवारी हाक्दा सुरक्षित र सचेत रहन समेत सबैमा आग्रह छ ।

तपाई पनि सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोस् ।


ट्याग : #ashim, #Australia, #road accident
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ