Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा अर्को नेपाली युवकमाथी पनि ‘रोमान्स स्क्याम’, अपरिचित भिडियो कलले डुबायो

अष्ट्रेलियामा अर्को नेपाली युवकमाथी पनि ‘रोमान्स स्क्याम’, अपरिचित भिडियो कलले डुबायो


सिड्नी/अपरिचित मान्छेले फेसबुक म्यासेन्जरमा गरेको भिडियो कल उठाउदा मेलवर्नमा एक नेपाली युवक रोमान्स स्क्यामको चंगुलमा पर्नुभएको छ ।
नेपालट्युबको सम्पर्कमा आउनु भएका मेलवर्नमा अध्ययनरत विद्यार्थी प्रनिश संग्रौलासंग ठगहरुले पैसाको बार्गेनिङ्ग गरेको हो । प्राप्त भिडियोमा प्रनिशको अनुहार देखिएको क्लिपमा अर्कै युवक यौनाङ्ग जोडेर अश्लिल सामाग्री बनाइएको छ । बिहान ३ बजेतिर आएको भिडियो कल उठाउने क्रममा प्रनिशको अनुहार ठगहरुले रेकर्ड गरेका थिए । त्यहि भिडियोमा एडिट गरेर अर्कै पुरुषको अश्लिल भिडियो जोडिएको प्रष्टै देखिन्छ ।

त्यसरी बनाइएको भिडियो प्रनिशलाई पठाउदै ठगहरुले पैसाको बार्गेनिङ्ग गरेको च्याट पनि हामीलाई प्राप्त भएको छ । फेसबुकमा कल गर्ने नक्कली आइडीसंग कहिले र कसरी साथी भयो भन्ने प्रनिशलाई याद समेत छैन । सुतिरहेकै बेलामा पटक पटक भिडियो कल आएपछि को रहेछ भनेर हेर्ने क्रममा केही सकेण्ड भिडियो अन भएको र तत्कालै काटिदिएको प्रनिशले नेपालट्युबलाई जानकारी दिनुभयो ।

अश्लिल भिडियो पठाएपछि ठगहरुले तत्कालै पैसा नपठाए, परिवार, आफन्त र साथीभाईलाई पठाइ दिने धम्की दिएको प्रनिशले बताउनुभयो । पैसा नदिने भनेपछि ठगले केही आफन्तलाई समेत भिडियो पठाइदिएको प्रनिशको भनाई छ । त्यसपछि आत्तिएका प्रनिश नेपालट्युबको सम्पर्कमा आउनु भएको हो । प्रनिशले तत्कालका लागि फेसबुक अकाउण्ड डियाक्टिभेट गर्नुभएको छ भने स्क्यामवाचमा समेत उजुरी गरिसक्नुभएको छ ।

ठगले प्रनिशसंग पैसा मागेको च्याट

प्रनिश केही हप्ता अघि मात्रै अष्ट्रेलिया आउनु भएको हो । ठगहरुले नयाँ आएका विद्यार्थीहरुलाई लक्षित गरेर यस्तो ठगी चलाइरहेका छन् । त्यसैले फेसबुकमा नचिनेको मान्छेले फ्रेण्ड रिक्वेस्ट पठाउमा एसेप्ट नगर्न तथा नचिनेको मान्छेले भिडियो कल गरेमा उठाउन हुदैन । केही साता अघि सिड्नीमा अध्ययनरत नेपाली टिकटकर विजय बानियामाथी पनि यस्तै ठगी प्रयास भएको थियो ।

सिड्नीका चर्चित नेपाली टिकटकर बिज्जु ठगको निशानामा, यसरी परे फन्दामा « Nepal Tube Australia

अष्ट्रेलियामा दोस्रो ठुलो स्क्याम हो रोमान्स र डेटिङ

यस्तो ठगको निशानामा पर्ने बिजय र प्रनिश एक्ला पात्र होइन । अष्ट्रेलियामा हुने स्क्यामहरु मध्ये दोस्रोमा पर्छ यस्ता ठगी । रोमान्य र डेटिङ वर्गमा राखिने यस्ता ठगीबाट गत वर्षमात्रै ५० मिलियन डलरभन्दा बढी पैसा गुमेको स्क्यामवाचको तथ्यांक छ । ठगहरुले सामाजिक संजालमा नक्कली आइडी बनाई, प्रेमको जालोमा पारेर पैसा लुट्ने गरेको पाइन्छ ।
तपाई पनि स्क्याममा पनुभएको छ भने कृपया स्क्यामवाचको यो वेवसाइटमा गएर उजुरी गनुहोस्


ट्याग : #Australia, #dating scam, #romance scam, #scam
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ