Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नर्सलाई नगदमा भुक्तानी दिने नेपाली कम्पनीको सम्झौता रद्द, फेयरवर्कमा उजुरी

अष्ट्रेलियामा नर्सलाई नगदमा भुक्तानी दिने नेपाली कम्पनीको सम्झौता रद्द, फेयरवर्कमा उजुरी


ब्रिजवेन/ एजकेयर होम तथा डिसाविलिटीमा काम लगाउने नेपालीको ठेकेदार कम्पनीले सम्झौता भन्दा कम पारिश्रमिक नगदमा भुक्तानी गरेपछि सम्झौता नै रद्द गरिएको छ । कम्पनी विरुद्ध फेयर बर्क एम्बुड्सम्यानमा समेत उजुरी परेको छ । डिसाविलिटी नाम गरेको उक्त कम्पनीबाट एजकेयरमा काम गर्न जाने एक नेपाली नर्सले नेपालट्युबलाई उपलब्ध गरेको प्रमाणहरु विश्लेषण गर्दा कानुन मिचेर श्रम शोषण गरेको भेटिएको हो ।

सिड्नीमा एक नेपालीले संचालन गर्दै आएको उक्त केयर कम्पनीले एक दर्जनभन्दा बढी नेपाली नर्सहरुलाई विभिन्न एजेकयर होमहरुमा खटाउदै आएको थियो । अर्को एक रिक्रुटमेन्ट कम्पनीसंग सब कन्ट्रयाक लिएर नेपालीको उक्त कम्पनीले नर्सहरु खटाउदै आएको थियो । नर्स खटाउदा रिक्रुटमेन्ट कम्पनीले घण्टाको ३५ डलर, त्यसमाथी शनिवार र आइतबार थप ४५ प्रतिशत तथा नाइट सिफ्टमा अरु थप १५ प्रतिशत पारिश्रमिक दिने गरि नेपालीको कम्पनीलाई खर्च उपलब्ध गराउदै आएको थियो । तर, नेपाली संचालकले बढी फाइदा लुट्न नर्सहरुलाई अन्य सबै सुबिधा काटेर केबल घण्टाको ३२ डलर मात्रै दिदै आएको थियो । राति, सार्वजनिक बिदा र शनिवार काम गर्दा पनि घण्टाको ३२ डलर त्यसमा पनि नगद पैसा सिधै बैंक खातामा जम्मा गरिदिएपछि उक्त नर्सले आफुलाई तोकिए बमोजिम पैसा एबिएनमा दिन आग्रह गर्नुभएको थियो । तर, नेपाली संचालकले आफ्नो कम्पनीले नगदमा मात्रै भुक्तानी गर्ने तथा थप एक डलर पनि नथप्ने भन्दै उल्टै जहाँ गएर उजुरी गरेपनि केही नहुने भनेर पन्छिएपछि सो नर्सले नेपालीट्युबमा सम्पर्क गर्नुभएको थियो ।

सबै प्रमाणसहित नेपाल ट्युबले नेपालीलाई सब कन्ट्रयाक दिने रिक्रुटमेन्ट एजेन्सीलाई खबर गरेपछि तत्कालै सम्झौता रद्द गरिदिएको छ । रिक्रुटमेन्ट एजेन्सीले सम्झौता रद्द गरेपछि नर्सहरुको बाकी रहेको पैसा पनि तत्काल तिरिदिन पनि निर्देशन दिएको छ । नेपालट्युबसंग कुरा गर्दै एजेन्सीका प्रबन्ध निर्देशकले कोरोनाको बेलामा नर्सहरुले गरेको दुख निकै प्रशंसायोग्य रहेको तथा कम्पनीले प्रयाप्त भुक्तानी दिदा पनि नर्सहरुले थोरै मात्र पाएको थाहा पाउदा निकै दुख लागेको बताउनुभयो । सिड्नीमा एयकेयर र डिसाविलिटी सम्बन्धी अध्ययन गराउने एड्भान्स कलेका प्रबन्धक किशोर अर्यालले नर्सहरुमाथी गैरकानुनी रुपमा श्रम शोषण गरिनु गलत भएको बताउनुभयो । नेपालट्युबसंग कुरा गर्दै अर्यालले गलत काम गर्नेहरुलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । एजेन्सीबाट नर्सिङ होमहरुमा काम गर्न जाने नर्सहरुले कानुन बमोजिम सुबिधा पाउनुपर्नेमा अर्यालले जोड दिनुभयो ।

नेपालट्युबको सम्पर्कमा आउनुभएका नेपाली सब कन्ट्रयाकटरले आफुबाट गल्ती भएको स्विकार गर्नुभयो । त्यस्तै आफुले उजुरी गर्ने नर्सले पाउनुपर्ने सबै पैसा एबिएनमा भुक्तानी गरिसकेको समेत बताउनुभयो ।
हाम्रो सम्पर्कमा आउनुभएकी उक्त नर्सले फेयरवर्कमा समेत उजुरी गरिसकेको जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ