Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविश्वभर थपिए २७ लाख बढी कोरोना संक्रमित, अमेरिका र युरोपमा उच्च जोखिम !

विश्वभर थपिए २७ लाख बढी कोरोना संक्रमित, अमेरिका र युरोपमा उच्च जोखिम !


काठमाडौं । विश्वभर कोरोना महामारिले थप तिब्रता पाएको छ । पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक २७ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २७ लाख ११ हजार ७०६ जना कोरोना संक्रमित थपिदा अमेरिकामा मात्रै ६ लाख २५ हजार, फ्रान्समा ३ लाख ६८ हजार, इटलीमा २ लाख २० हजार, स्पेनमा एक लाख ३५ हजार, अर्जेन्टिनामा एक लाख ३४ हजार र बेलायतमा एक लाख २० हजार जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ९ लाख २३ हजार कोरोनामुक्त भएका छन् भने एकैदिन ७ हजार ७५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाका २ हजार १०७, रुसका ७८३, बेलायतमा ३७९, फ्रान्समा ३४१, इटलीमा २९४ र टर्कीमा १३७ जना रहेका छन् ।

भारतमा जोखिम उच्च
भारतमा एकै दिन एक लाख ८५ हजार ११२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४५ हजार १७७ जना कोरोनामुक्त हुँदा १४६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ६१ हजार २३५ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ