Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा एकैदिन थपिए २ हजार ४४४ कोरोना संक्रमित, यसरी गरिदैछ महामारि रोकथाम

नेपालमा एकैदिन थपिए २ हजार ४४४ कोरोना संक्रमित, यसरी गरिदैछ महामारि रोकथाम


काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि समयमा एकजनाको मृत्‍यु भएको छ भने ३ सय १३ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ४० बालबालिकामा र ११ देखि २० वर्ष उमेर समूहका १७५ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।

मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ । अहिलेसम्म भएको संक्रमित मध्ये ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ जना रहेका छन् । यीमध्ये ८ हजार ८६७ जना होम आइसोलेसनमा र बाँकी ६५५ जना विभिन्न अस्पतालमा उपचाररत छन् । कोरोनाका बिरामीमध्ये ९३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् रहेको सरकारी तथ्यांक छ ।

काठमाडौं उपत्यकामा १ हजार २८६ जनामा संक्रमित थपिए
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा महामारिको उच्च जोखिम रहेको आँकलन गर्न थालिएको छ । महामारि रोकथामका कदमहरु कसरी चाल्ने भन्नेबारे उपत्यकाका गृह प्रशासनले गृहकार्य गरिरहेका छन् ।

यसरी गरिदैछ कोरोना महामारिको रोकथाम
– देशभरका अस्पताललाई तयारी अवस्थामा रहन प्रधानमन्त्रीको निर्देशन
– सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द
– २५ जनाभन्दा बढी भेला नहुन, भीडभाड गरेर राजनीतिक तथा सामाजिक काम नगर्न आग्रह
– माघ ७ गतेदेखि सार्वजनिक स्थानहरुमा प्रवेशका लागि खोप कार्ड अनिवार्य, सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश तथा आन्तरिक हवाई यात्राका लागि पनि खोपकार्ड देखाउनुपर्ने



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ