Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsन्यूयोर्कको एक अपार्टमेन्टमा आगोलागी, ९ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु

न्यूयोर्कको एक अपार्टमेन्टमा आगोलागी, ९ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु


एजेन्सी, अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको ज्यान गएको छ । स्थानीय अधिकारीका अनुसर आगोलागीबाट घाइते भएका ३२ जनालाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको र त्यसमध्ये केही गम्भीर अवस्थामा रहेको जानकारि दिएका छन् ।

न्यूयोर्कका मेयर एरिक एडम्सले १९ तले भवनमा आगलागी भएको र अहिले स्थिति नियन्त्रणआ आइसकेको जानकारि दिनुभयो । अग्नि नियन्त्रण विभागका आयुक्त ड्यानिएल निग्रोले आगोलागी भीषण भएको र हरेक तलामा प्रभावितहरु भेटिएको बताउनुभयो । उहाँले आगलागीका कारण पछिल्लो ३० वर्षमा न्यूयोर्कमा यति धेरै संख्यामा मानवीय क्षति भएको यो नै पहिलो घटना भएको समेत बताउनुभयो ।आगो नियन्त्रणका लागि करिब २०० जना अग्नि नियन्त्रक खटिएका थिए । विद्युतीय हिटरका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएपनि थप अनुसन्धान भइरहेको छ ।

केही दिनअघि मात्रै फिलाडेलफियामा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको ज्यान गएको थियो । न्यूयोर्कमा आइतबार आगलागी भएको हो । ब्रोन्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलबाट आगलागी सुरु भएको जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ