Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोभिडका कारण काम गर्न नसके आजबाट सरकारले हप्ताको ७५० डलर दिने

कोभिडका कारण काम गर्न नसके आजबाट सरकारले हप्ताको ७५० डलर दिने


ब्रिजवेन/ कोभिड संक्रमण भएर वा क्लोज कन्ट्याकमा परेर आइसोलेसन तथा क्वारेन्टिन बसेर काम गर्न नसकेमा आजदेखि सरकारले पैसा दिने भएको छ । पान्डामिक लिभ डिजास्टर पेमेन्ट शिर्षकमा अष्ट्रेलियन सरकारले आइसोलेसन तथा क्वारेन्टिन बस्नु परेर काम गर्न नसकेमा तथा आम्दानी घटेमा हप्ताको बढीमा ७५० डलर दिने भएको हो ।

जनवरी १० तारिखभन्दा अघिदेखि कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुले यो शिर्षकमा पैसा पाउनेछन् । तर, त्यसका लागि आइसोलेसन बस्नका लागि सम्बन्धित राज्यको स्वास्थ्य विभागले निर्देशन दिएको हुनुपर्नेछ । आफै सेल्फ आइसोलेसनमा बसेकाहरुले यो सुबिधा पाउनेछैनन् । त्यस्तै स्वास्थ्य विभागबाट क्लोज कन्ट्याक हो भनि क्वारेन्टिनका लागि निर्देशन पाएका व्यक्तिहरुले समेत यो पैसा दाबी गर्न सक्नेछन् । सर्भिस अष्ट्रेलियाको वेवसाइटमा उपलब्ध जानकारी अनुसार आफुले स्याहार गर्ने व्यक्तिलाई कोभिड संक्रमण भयो भने पनि यो सुबिधा लिन सकिन्छ । कोभिड संक्रमण भएको प्रमाणका लागि पिसिआर तथा एन्टिजन टेष्ट जे गरेपनि हुन्छ  । 

यस्तो अवस्थामा यो सुबिधा पाइदैन 

आइसोलेसनमा बसेका सबैले यो सुबिधा पाउदैनन् । क्लोज कन्ट्याक भएपनि स्वास्थ्य विभागको निर्देशन बिनै आफै क्वारेन्टिनमा बस्दा यो पेमेन्ट सुबिधा नपाईने सर्भिस अष्ट्रेलियाले जनाएको छ । त्यस्तै आइसोलेसनको समयमा कुनै पनि प्रकारको आम्दानी र तलब आइरहेको छ भने पनि यो सुबिधा पाइदैन । त्यस्तै अन्य कुनै पनि प्रकारको सरकारी सुविधा आइरहेको छ तथा कोभिड डिजास्टर पेमेन्ट उपलब्ध छ भने पनि यो सुविधा पाइनेछैन । कुन राज्यमा के नियम छ भनेर थप बुझ्नका लागि सर्भिस अष्ट्रेलियाको यो लिंकमा जानुहोस् ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ