Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaर्यापिड एन्टिजन टेष्ट किट पाउनु भएन ? यो वेवसाइटमा जानुहोस्

र्यापिड एन्टिजन टेष्ट किट पाउनु भएन ? यो वेवसाइटमा जानुहोस्

गलफ्रेण्डले किट नपाएपछि बनेको वेवसाइट


ब्रिजवेन/ ह्वात्तै माग बढेपछि अहिले अष्ट्रेलियाको बजारमा घरमै कोरोनाको परिक्षण गर्न मिल्ने र्यापिड एन्टिजन टेष्ट (र्याट) किटको चरम अभाव देखिएको छ ।
मानिसहरु किट किन्नका लागि औषधी पसलदेखि सुपरमार्केटसम्म धाइरहेका छन् । तर, सप्लाइ नै कम भएपछि धेरै जना रित्तो हात फर्कन बाध्य छन् । तपाई पनि यसैगरि एन्टिजन किटको खोजीमा हुनुहुन्छ भने तपाईलाई सघाउन एउटा वेवसाइट निमार्ण भएको छ ।

मेलवर्नका सफ्टवेयर डेभलपर म्याट हेवार्डले फाइन्ड अ र्याट भन्ने वेवसाइट निर्माण गरेर एन्टिजन किट खोज्न सजिलो पारिदिनु भएको छ । वेवसाइटको लिंक यहाँ छ www.findarat.com.au नामक वेवसाइटमा मानिसहरुले आफ्नो शहरको ठेगाना हालेपछि कुन स्टोरमा कत्ति किट बाकी छ भनेर सजिलै खोज्न सक्छन् । किट सकिएको छ भने पनि जानकारी हेर्न मिल्छ । मुल्यसहित कति वटा बाकी छ भनेर पनि वेवसाइटमा देख्न सकिन्छ ।

आफ्नो गलफ्रेण्डले कोरोना परिक्षण गर्न एन्टिजन किट खोज्न भौतारिएको देखेपछि म्याटले वेवसाइट निमार्ण गर्ने सोच बनाउनु भएको हो । त्यसपछि आफ्नो सिपको प्रयोग गरेर आफ्नी गलफ्रेण्ड जस्ता हजारौ मानिसलाई सहयोग गर्न वेवसाइट बनाएको म्याटको भनाई छ । ६ घण्टा लगाएको बनाएको वेवसाइटमा प्रयोगकर्ताले किट कहाँ छ भनेर खोज्न मात्रै होइन, आफुले कतै किट देखेमा यस वेवसाइटमा लगइन गरेर सबैलाई जानकारी समेत गराउन सक्छ । वेवसाइट लन्च भएको केही घण्टामै हजारौ मानिसले यसको प्रयोग गरेका छन् । तपाई पनि यस वेवसाइटमा गएर एन्टिजन किट खोज्ने कि !



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ