Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोना खोप नलगाएको भन्दै अष्ट्रेलियाले वल्ड च्याम्पियन टेनिस खेलाडी नोभाक जोकोभिचलाई प्रवेश दिएन ।

कोरोना खोप नलगाएको भन्दै अष्ट्रेलियाले वल्ड च्याम्पियन टेनिस खेलाडी नोभाक जोकोभिचलाई प्रवेश दिएन ।

भिषा रद्ध गरि तत्काल देश छोड्न आदेश


ब्रिजवेन/कोरोना खोपको विषयमा अष्ट्रेलिया निकै संवेदनशिल छ भन्ने कुरा पछिल्लो घटनाले थप पुष्टी गरेको छ । अष्ट्रेलियाले टेनिसका वल्ड च्याम्पियन खेलाडी नोभाक जोकोभिचलाई देशमा प्रवेश दिएको छैन । कोरोनाको खोप नलगाएको तथा देश प्रवेशका लागि चाहिने आवश्यक मापदण्डहरु पुरा नगरेको भन्दै बिहिवार बिहान अष्ट्रेलियाले जोकोभिचको भिषा समेत रद्ध गरेको छ ।

अष्ट्रेलियन बोर्डर फोर्स एबिएफले आज बिहान संक्षिप्त विज्ञप्ती जारी गर्दै जोकोभिचले प्रवेश मापदण्ड पुरा नगरेको भन्दै भिषा रद्ध गरिएको जनाएको छ । विज्ञप्तीमा एबिएफले भनेको छ -‘हामी हाम्रो सिमामा आउने सबैले हाम्रो नियम र कानुनलाई पालना गराउन निरन्तर लागिरहने छौ ।’ त्यस्तै एबिएफले भिषा नभएका अष्ट्रेलियाका गैर नागरिक र भिषा रद्ध भएका मानिसलाई नियन्त्रणमा राख्ने र अष्ट्रेलियाबाट निकाला गर्ने समेत जनाएको छ ।


स्थानिय संचारमाध्यमहरुका अनुसार जोकोभिचले कोरोना खोप लगाउने बारे एक्जेम्पसन पाउनु भएको छ । तर, अष्ट्रेलियाले त्यसलाई मान्यता नदिने भएको हो । जोकोभिच अष्ट्रेलियन ओपन खेल्न बुधबार राति मेलवर्न विमानस्थल उत्रिनु भएको थियो । लगत्तै्र एबिएफले उनीमाथी सोधपुछ गरिरहेको छ । भिषा रद्ध भएपछि जोकोभिचको कानुन व्यवसायीले सरकारको निर्णय विरुद्ध न्यायलयको ढोका ढकढक्याउने भएको छ ।
अष्ट्रेलियाले विभिन्न कारण देखाएर वार्षिक १४ हजार जति भिषा रद्ध गर्ने गरेको तथ्याकं छ ।


ट्याग : #Australia border force, #australia open, #novak Djokovic
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ